×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिडी हाइड्रोपावरका वर्तमान सञ्चालकविरुद्ध पनि सम्पत्ति शुद्धिकरणको मुद्धा, भित्री करोबार गरेर अकुत कमाएको आरोप !

PRIME CA

रिडी हाइड्रोपावरका वर्तमान सञ्चालकविरुद्ध पनि सम्पत्ति शुद्धिकरणको मुद्धा, भित्री करोबार गरेर अकुत कमाएको आरोप !

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । रिडी हाइड्रोपावरका वर्तमान सञ्चालकविरुद्ध पनि सम्पत्ति शुद्धिकरणको मुद्धा परेको छ । सम्पत्ति शुद्धिकरण विभागले कम्पनीका हालका कार्यकारी निर्देशक कुवेरमणी नेपालविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

विभागले दायर गरेको मुद्धामा कम्पनीका तत्कालीन अध्यक्ष गुरु न्यौपानेलाई हुने सजायको आधा सजाय गर्न माग गरिएको छ ।

नेपालले इन्साइडर कारोबार गर्न न्यौपानेलाई सहयोग गरेको विभागले ठहर गरेको छ । उनीहरु दुवैजनाको मिलेमतोमा १ करोड ९९ लाख १० हजार दुई सय ५२ रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको पनि विभागले दायरको गरेको मुद्धामा उल्लेख छ । विभागले सोही रकम बराबरको बिगो माग दाबी गर्दै न्यौपानेलाई सोको दोब्बर जरिवाना गराउन माग गरेको छ ।

विभागले गरेको अनुसन्धानका अनुसार न्यौपानेले कम्पनीको अध्यक्ष हुँदा २०७७ चैत १९ गतेदेखि २०७८ साउन २४ गतेसम्म कम्पनीको सेयर खरिद बिक्री गरेको र धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार इन्साइडर कारोबार भएको ठहर गरेको छ । सो समयमा भएको इन्साइडर कारोबारमा कम्पनीका बर्तमान सञ्चालक नेपालले न्यौपानेलाई सहजीकरण गरेको समेत पाइएको छ ।

त्यस्तै, कसुरको मात्रा अनुसार कैद सजायका साथै बिगो कायम गरिएको रकम अनुसन्धानका क्रममा रोक्का राखिएको सम्पत्तिमध्येबाट जफत गर्न पनि विभागले माग गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: