×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिगलको कैद मिनाहा बदर, प्रचण्ड र रामचन्द्रलाई राजिनामा दिन दबाब !

अर्थ सरोकार

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार

PRIME CA

रिगलको कैद मिनाहा बदर, प्रचण्ड र रामचन्द्रलाई राजिनामा दिन दबाब !

काठमाडौँ । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल)को आममाफी बदर गरेको छ । न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.कुमार चुडालको संयुक्त इजलासले रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको हो ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय पाएका रिगललाई आममाफी दिएका थिए । तर, राष्ट्रपतिको आममाफीसँगै उक्त निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सोही रिटमाथिको सुनुवाई गर्दै बिहीबार अदालतले रिगलको आममाफीको निर्णय बदर हुने आदेश दिएको हो ।

यसो त रिगलको कैद सजाय मिनाहा गर्ने निर्णय गरेसँगै सरकारको चर्को विरोध भएको थियो । अझ रिगललाई आममाफी दिने विषय मन्त्रिपरिषदबाटै सिफारिस भएको हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना भएको थियो ।

मन्त्रिपरिषदबाट सिफारिस भएको विषयलाई जस्ताको त्यस्तै पारित गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको पनि चर्को विरोध भएको थियो । यतिसम्मकी रिगलको आममाफीका लागि सत्तारुढ दलभित्रै ठूलो सेटिङ भएको हल्लासमेत चलेको थियो । हाल रिगलको कैद सजाय मिनाहा गर्ने निर्णय अदालतले खारेज गरेसँगै सिफारिस गर्ने प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेललाई राजिनामा दिन दबाब परेको छ ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरी २०७२ जेठ २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै अदालतले रिगललाई जन्मकैदको फैसला सुनाएको थियो । राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका रिगलको कैद मिनाहा गर्ने निर्णय अदालतले बदर गरेसँगै रिगललाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरिसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: