काठमाडौँ । लोकसेवाको परीक्षा पास गरेर नियुक्ति लिन नआउनेलाई सडक विभागले पत्र काटेको छ । पत्रमार्फत विभागले लोकसेवाको लिखित परीक्षा पास गरेर मौखिक परीक्षामा पनि छनौट भएका तर नियुक्ति लिन नआएकाहरुलाई तत्काल नियुक्ति लिन आउन आग्रह गरेको हो ।
विभागका अनुसार लोकसेवाको परीक्षा पास गरेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्रा), सबइन्जिनियर पदमा नियुक्ति पाएकाहरुले अझै पनि नियुक्ति लिएका छैनन् । विभागले नियुक्ति नलिएकाहरुलाई तत्काल नियुक्ति लिन आग्रह गर्दै नियुक्ति नलिए योग्यताक्रमका अनुसार अन्य व्यक्तिलाई नियुक्ति दिने जनाएको छ ।
‘गत कात्तिक २१ गतेको निर्णयअनुसार निजामती सेवा नियमावली, २०५० को नियम १६ बमोजिम स्थायी नियुक्ति लिन नआएका व्यक्तिहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम १९ बमोजिम निरोगिताको प्रमाणपत्र पेश गरी नियुक्ति लिन आउनु हुन यो सूचना प्रकाशन गरिएको छ । उक्त म्यादभित्र आफ्नो नियुक्ति लिन नआएमा उपरोक्त नियमावलीको नियम १६ बमोजिम वैकल्पिक उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्ति गरिने ब्यहोरासमेत जानकारी गराइन्छ ।’, विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
विभागको उक्त सूचनामा नियुक्ति लिन नआउने ९ जनाहरुको नाम सार्वजनिक गरिएको छ । उनीहरुलाई तत्काल नियुक्ति लिन विभागले आग्रह गरेको छ । यस्तो छ विभागको सूचनाः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्