काठमाडौँ । काठमाडौँमा मंसिर ७ गते केही विद्यालय तथा कलेजहरुले बिदा दिएको पाइएको छ । मंसिर ७ गते उपत्यकामा आन्दोलन हुने भन्दै केही विद्यालय र कलेजहरुले बिदा दिएको पाइएको हो ।
मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले वृहत प्रदर्शनको घोषणा गरेका छन् । सोही अनुसार उपत्यकामा केही विद्यालय र कलेजहरुले आन्दोलन हुने भन्दै बिदा नै दिएका हुन् । आन्दोलन हुने भन्दै बिदा दिइएको काठमाडौँको एक विद्यालयका विद्यार्थीले पुष्टि गरेका छन् । ती विद्यार्थीका अनुसार विद्यालयका केही शिक्षकहरु पनि आन्दोलनमा सहभागी हुने बुझिएको छ ।
यद्यपि बिदाको विषयमा विद्यालय र कलेजहरुले कुनै पनि आधिकारिक जानकारी सार्वजनिक भने गरेका छैनन् ।
यसो त दुर्गा प्रसाईं र युवा संघ दुवै समूहले माइतीघरमा छुट्टाछुट्टै प्रदर्शनको घोषणा गरेका थिए । तर, प्रशासनले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कुनै पनि आन्दोलन, जुलुस तथा प्रदर्शन गर्न नपाउनेगरी एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।
त्यस्तै, प्रशासनले मंसिर ७ गतेको प्रदर्शनलाई लक्षित गर्दै आगामी एक महिनासम्मका लागि राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, उपराष्ट्रपति भवन हरित गृह, संघीय संसद भवन र सिंहदरबार क्षेत्र वरपर पनि निषेधाज्ञा जारी गरेको छ । निषेधित क्षेत्रमा एक महिनासम्म कुनै पनि प्रकारका प्रदर्शन गर्न पाइने छैन ।
मंसिर ७ गतेको प्रदर्शनलाई युवा संघले ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’ को प्रदर्शन भनेको छ भने दुर्गा प्रसाईंले भने ‘नागरिक मुक्ति’ का लागि व्यवस्था परिवर्तनको लागि भएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्