×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाइक किन्न लिएको ऋण तिर्न नसकेपछि आफैँलाई मा*र्ने प्रयास, मोरङ अटो अनुसन्धानको घेरामा !

PRIME CA

बाइक किन्न लिएको ऋण तिर्न नसकेपछि आफैँलाई मा*र्ने प्रयास, मोरङ अटो अनुसन्धानको घेरामा !

अर्थ सरोकार

१० मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँमा ऋण तर्न नसकेपछि एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । शनिबार साँझ फेसबुकमा लाइभ आएर ती व्यक्तिले २८ हजार रुपैयाँ ऋण तिर्न नसक्दा आत्महत्याको प्रयास गरेका हुन् । उनले उक्त ऋण आफूले बाइक किन्नका लागि लिएको बताएका थिए । 

करिब ६ मिनेट फेसबुक लाइभमा बसेका ती व्यक्तिले दुईवर्ष अघि आफूले मोटरसाइकल किन्नका लागि ८ प्रतिशत ब्याजमा २ लाख १५ हजार ऋण लिएको बताएका थिए । सो ऋणबाट उनले यामाहाको रेजेडआर बाइक किनेका थिए । तर, ८ प्रतिशतमा लिएको ऋण १८ प्रतिशत पुगेपछि आफूले किस्ता तिर्न नसकेको उनले बताए । हालसम्म उक्त ऋणको कुल ४ लाख ५४ हजार रुपैयाँ तिरिसक्दा पनि ऋण चुक्ता नभएको उनको भनाई थियो । 

यति रकम तिरिसक्दा पनि किस्ता बुझाउनका लागि टर्चर आउन थालेपछि आत्महत्या गर्ने स्थितिमा पुगेको ति व्यक्तिले बताएका थिए । 

ति व्यक्तिका अनुसार मोरङ अटो वर्कशपका कर्मचारीले बाँकी रहेको २८ हजार रुपैयाँ नबुझाए घरमै आएर बाइक लिलाम गर्ने भन्दै तनाव दिएका थिए । यतिसम्म कि मोरङ अटो वर्कशपका कर्मचारीहरुले मोटरसाइकलको किस्ताका लागि घरै लिलाम गर्ने भन्दै धम्की पनि दिएका थिए । 

त्यस्तै ति व्यक्तिले फेसबुक लाइभमा दुर्गा प्रसाईंले भनेको सही रहेछ भन्दै लाइभमै आत्महत्या गर्ने प्रयास गरे पनि समयमा पुगेको प्रहरीको टोलीले उनलाई जीवितै उद्धार गरेको हो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: