×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टिकटकका गतिछाडा’हरु फेसबुक रिल, र अन्य एप फोहोर बनाउँदै, सरकारले गरेको टिकटक बन्द औचित्यहीन पुष्टी हुँदै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘टिकटकका गतिछाडा’हरु फेसबुक रिल, र अन्य एप फोहोर बनाउँदै, सरकारले गरेको टिकटक बन्द औचित्यहीन पुष्टी हुँदै !

Artha Sarokar

२९ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल सरकारले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकलाई ब्याण्ड गरिदिएपछि टिकटक प्लेटफर्ममार्फत गतिछाडा हर्कत गर्ने प्रयोगकर्ताहरुले फेसबुक रिल र अन्य त्यस्तै एपहरुलाई फोहोर बनाउन थालेका छन् ।  टिकटकमा अश्लील हर्कत गर्नेहरु टिकटक ब्याण्ड भएपछि फेसबुक रिल, र अन्य भिडियो सेयारिङ प्लेटफर्मतिर लागेका छन्, जसले सरकारले टिकटक ब्याण्ड गर्नुको औचित्य नरहेको पुष्टी हुने संकेत देखिएको छ ।

‘सरकारले जे गर्यो, गलत गर्यो । गलत गर्नेहरुले जहाँ पनि गलत गर्छन् । टिकटक नपाए यस्ता गलत गर्नेहरुले अन्य माध्यम रोज्छन्’ भन्ने तथ्य पुष्टी हुँदै गर्दा सरकारले गरेको टिकटक ब्याण्डको निर्णय गलत थियो भन्ने तथ्य थप प्रमाणित हुँदै आएको सरोकारवालाहरुको दाबी छ । सामाजिक संजालका प्रयोगकर्ताहरुले पनि गलत गर्नेहरुले अन्य विकल्प रोजिरहेको र उनीहरुलाई तह नलगाएसम्म उनीहरुका हर्कत नरोकिने बताईरहेका छन् ।
सरकारले टिकटक बन्द गरेपछि त्यसको भोलिपल्टैबाट टिकटकमा गतिछाडा हर्कत गर्नेहरु फेसबुकतिर लागिरहेका छन् । टिकटक ब्याण्ड भएपछि फेसबुकमा अश्लील हर्कत गर्नेहरु बढेका छन् । फेसबुकसँगै लाइकी लगायतका प्लेटफर्महरुमा गतिछाडा प्रयोगकर्ताहरुको ‘इङ्गेजमेन्ट’ बढिरहेको छ ।
तिहारको विदा सकिएलगत्तै कानुन व्यवसायीहरु सरकारको निर्णयविरुद्ध अदालतमा रिट लिएर जाने तयारीमा छन् । गलत गर्नेहरुले गलत गरी नै रहने र प्लेटफर्मलाई ब्याण्ड गरेर सो प्लेटफर्ममा राम्रो गरिरहेकाहरुमाथि अन्याय भएको भन्दै उनीहरु अदालत जान लागेका हुन् । यो तथ्य अदालतलाई बुझाउन सकेको खण्डमा र न्यायलय बाहिर हल्ला चलेजस्तो प्रभावमा नपरेको खण्डमा नेपालमा टिकटक पुन: संचालन हुने कानुन व्यवसायीहरुकै तर्क छ । सरकारको निर्णयविरुद्ध कानुन व्यवसायीहरु अदालत जाने तर्खरमा रहेका बेला सरकारले अदालतलाई नै प्रभावमा पार्ने त होइन ? भन्ने चर्चा यतिबेला चौतर्फी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी