×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बिना काम सवारीसाधन लिएर बाहिर ननिस्किनु’- ट्राफिक प्रहरी

PRIME CA
GLOBAL IME BANK

‘बिना काम सवारीसाधन लिएर बाहिर ननिस्किनु’- ट्राफिक प्रहरी

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बिहीबार काठमाडौँमा अत्यावश्यक कामबाहेक सवारी साधन लिएर बाहिर ननिस्किक ट्राफिक उपत्यका ट्राफिक प्रहरीले आग्रह गरेको छ । मंसिर ७ गते (बिहीबार) दुर्गा प्रसाईं र युवा संघको आन्दोलनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले बिना काममा बाहिर नआउन सर्वसाधारणलाई आग्रह गरेको हो ।

उपत्यकाका विभिन्न ठाउँमा र्याली, जुलुस तथा विरोध प्रदर्शन भएकाले सवारी आवागमनमा असहजता हुन सक्ने ट्राफिक प्रहरीको भनाई छ । ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ.एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन पनि आग्रह गरेको छ ।

ट्राफिक प्रहरीको यस्तो आग्रहसँगै बिहीबार बिहानैदेखि काठमाडौँका सडक सुनसान प्राय देखिएका छन् । सार्वजनिक यातायात तथा सवारीसाधान चलिरहे पनि अन्य दिनको जस्तो चाप छैन ।

बिहीबार उपत्यकामा दुर्गा प्रसाईं र युवा संघ समूहले छुट्टा छुट्टै ठाउँमा प्रदर्शन गर्न लागेका छन् । दुर्गा प्रसाईं समूहले बल्खु क्षेत्रमा प्रदर्शन गर्दैछ भने युवा संघको प्रदर्शन तिनकुनेमा हुँदैछ । दुवै समूहको आन्दोलनलाई लक्षित गर्दै बानेश्वरदेखि माइतीघर क्षेत्रमा प्रदर्शन गर्न रोक लगाइएको छ ।

साथै, प्रशासनले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, उपराष्ट्रपति भवन लगायतका ठाउँमा पनि निषेधित क्षेत्र घोषणा गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: