×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घट्यो प्याजको मूल्य, यस्तो छ शुक्रबार अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK

घट्यो प्याजको मूल्य, यस्तो छ शुक्रबार अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । बिहीबारको तुलनामा भारतीय सुकेको प्याजको मूल्य घटेको छ । बिहीबार ११५ रुपैयाँमा किनबेच भईरहेको प्याज आज ५ रुपैयाँले घटेर ११० रुपैयाँ कायम भएको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार नेपाली ठुलो गोलभेडाको न्युनतम मूल्य ६० रुपैयाँ रहेको छ । त्यस्तै, भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य ५० रुपैयाँ, टनेलको सानो गोलभेडाको न्युनतम मूल्य ३५ रुपैयाँ, लोकल सानो गोलभेडा ३५ रुपैयाँ, भारतीय सानो गोलभेडा पनि ३५ रुपैयाँ रहेको छ । रातो आलु ५८ रुपैयाँ, भारतीय रातो आलु ३६ रुपैयाँ, रातो आलु(मुडे) ४८ रुपैयाँ, सेतो आलु ४० रुपैयाँ प्रतिकेजीमा किनबेज भईरहेको छ ।

त्यसैगरी, लोकल गाजर ७० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, रातो मुला ६० रुपैयाँ, सेतो मुला १५ रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, तने बोडी ५० रुपैयाँ, मकै बोडी ४० रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, घ्यु सिमि लोकल १० रुपैयाँ, राजमा १३० रुपैयाँ, टाटे सिमि ४० रुपैयाँ र भटमासकोशा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला ६०, लौका २०, लोकल परवल ५०, चिचिन्डो २५, घिरौला ३०, फर्सी पाकेको २०, हरियो फर्सी २५, सलगम ७०, भिंडी ६०, सखरखण्ड ७०, बरेला ३० , पिडालु ५०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २० रुपैयाँ, पालुंगो ८० रुपैयाँ, चम्सुरको साग ६०, तोरीको साग ४० रुपैयाँ र मेथीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ७०, बकुला १२०, कन्य च्याउ ८०, डल्ले च्याउ २५०, कुरिलो ७५०, ब्रोकाउली ६०, चुकन्दर ७०, सजीवन २००, इमलि १४०, तामा ९०, तोफु १२०, कागती १४०, अदुवा १५०, हरियो खुर्सानी ५०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३२०, केरा (दर्जन) १६०, अनार ४५०, कालो अंगुर ४००, भारतीय सुन्तला १२०, हरियो तर्बुजा ६०, मौसम १२०, जुनार २२०, भुई कटहर १५०, काक्रो ४०, निबुवा ५०, चाईनिज नासपाति २२०, नेपाली मेवा ६०, लप्सी ६०, किवी २००, अभोकाडो २००, सरिफा १५०, अमला ५५ रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी