Skip to content
LAXMI SUNRISE BANK

गोरखापत्रको समाचार भाईरल भएपछि वडाअध्यक्ष रोकायको प्रष्टीकरण -‘लोकसेवाको परिक्षा नै दिएको छैन, कसरी पास हुनु ?’

अर्थ सरोकार

काठमाडौँ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१४ का अध्यक्ष देव बहादुर रोकायले आफूले लोकसेवाको परीक्षा पास नगरेको बताएका छन् । गोरखापत्रले लोकसेवाको परीक्षा पास गरेको भन्दै समाचार सम्प्रेषण गरेपछि अध्यक्ष रोकायले उक्त समाचारमा उल्लेख भएजस्तो आफूले लोकसेवाको कुनै पनि परीक्षा पास नगरेको दाबी गरेका हुन्।
‘मैले लोकसेवाको कुनै पनि परीक्षा पास गरेको छैन । साथीहरुले कुरै नबुझी समाचार बनाइदिनुभएछ । लोकसेवाको परीक्षा पास गर्नु त टाढाको कुरा म लोकसेवाको कुनै पनि परीक्षामा सहभागीसमेत भएको छैन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै अध्यक्ष रोकायले भने, ‘यसै पनि अहिले लोकसेवाको कुनै पनि परीक्षाको नतिजा आएकै छैन । उहाँहरुले कसरी के लेख्नुभयो मलाई थाहा छैन । तर मैले लोकसेवाको परीक्षा पास गरेको होइन ।’
‘अनि अमिनमा नाम निकालेको भन्ने चाहिँ के हो ?’ भन्ने हाम्रो प्रश्नमा अध्यक्ष रोकायले बरु आफूले लोकसेवाको नभएर पालिकाको परीक्षा उतिर्ण गरेको बताए ।
‘’लोकसेवाको परिक्षा नै दिएको छैन, कसरी पास हुनु ? लोकसेवा होइन, बरु मैले पालिकाको अमिनको परीक्षा पास गरेको चाहिँ हो । साथीहरुले त्यही फेसबुकमा लेखेछन् अनि त्यसैलाई आधार मानेर समाचार बनेछ ।’, अध्यक्ष रोकायले भने, ‘मलाई लोकसेवाको परीक्षामा सहभागी हुनुछैन । म आगामी पाँच वर्ष यहीँ ठिक छु । ढुक्क भएर यही काम गर्छु ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK