×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युट्युबसमेत बन्द गर्ने आन्तरिक छलफलमा सरकार ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

युट्युबसमेत बन्द गर्ने आन्तरिक छलफलमा सरकार ! 

Artha Sarokar

२७ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । 

सामाजिक सद्भाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्नेहरु बढेको भन्दै नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । योसँगै प्राविधिक काम सकिएलगत्तै आजैदेखि नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द हुने भएको छ ।

एक मन्त्रीले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्को बैठकमा टिकटक मात्र नभइ युट्युबसमेत बन्द गर्नुपर्ने अनौपचारिक प्रस्ताव आएको थियो । तर, तत्कालका लागि टिकटक बन्द गर्ने र सो को प्रतिक्रिया हेरेर युट्युब बन्द गर्ने वा नगर्ने विषयमा निर्णय गरौँ भन्ने कुरा उठेपछि अन्ततः युट्युब नेपालमा प्रतिबन्ध हुनबाट जोगिएको हो ।

‘बन्द गर्ने भए टिकटक मात्र किन ? भन्ने प्रश्न उठ्न सक्छ । टिकटकमा गलत गर्नेहरुले युट्युबका माध्यमबाट पनि सोही गलत गर्ने काम गर्दैनन् भन्ने ग्यारेन्टी भएन । त्यसैले बन्द गर्दा युट्युब पनि बन्द गर्नुपर्छ भन्ने सवाल केही मन्त्रीहरुले ने उठाउनुभएको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एक मन्त्रीले भने, ‘विभिन्न देशमा युट्युबसमेत बन्द भएका उदाहरणहरु छन् । यद्यपी यस विषयमा ठोस प्रस्ताव वा निर्णय सरकारका तर्फबाट तत्काल हुने स्थिति देखिएको छैन । यद्यपी टिकटक प्रतिबन्धलाई जनताले स्वभाविक रुपमा लिए भविष्यमा युट्युब जस्ता अन्य सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लाग्ने निश्चित छ ।’ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी