×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंको आन्दोलनबाट आत्तिएकै हो युवा संघ ? मध्यरातमा महिलाहरुलाई होटलबाटै लखेटियो…

PRIME CA
GLOBAL IME BANK

दुर्गा प्रसाईंको आन्दोलनबाट आत्तिएकै हो युवा संघ ? मध्यरातमा महिलाहरुलाई होटलबाटै लखेटियो…

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एमालेको भातृ संगठन युवा संघले मध्यरातमा होटलबाट महिलाहरुलाई लखेटेको छ । मंसिर ७ गते हुने दुर्गा प्रसाईंको आन्दोलनका लागि इटहरीबाट आएका महिलाहरुलाई युवा संघले मध्यरातमा होटलबाटै लखेटेको हो । उनीहरुलाई सुतेकै अवस्थामा होटलबाट लखेटिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । 

सुतिरहेको अवस्थामा होटलबाटै मध्यरातमा महिलाहरुलाई लखेट्ने व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको पुष्टी भएको छ । खोटाङ स्थायी घर भएका राईकै नेतृत्वमा लोकन्थलिस्थित पार्टी प्यालेसबाट प्रसाईंको आन्दोलनमा आएका महिलाहरुलाई लेखेटिएको पाइएको छ ।

सामाजि सञ्जालमा भाइरल भएको उक्त भिडियोमा केही महिलाहरु सुतिरहेका देखिएका छन् भने केही सुत्ने तयारीमा रहेको देखिन्छ । सोही बेला युवा संघका केही कार्यकर्ता आएर ‘तपाईहरु ७ गतेको आन्दोलनमा आउनुभएको होइन ? ल उठिहाल्नुस् त’ भन्दै थर्काएको भिडियोमा सुनिन्छ । 

त्यही बेला होटलमा सुतिरहेका महिलाहरुले ‘जान्छौँ हो जान्छौँ, हामीलाई लुगा लगाउन दिनुस्’ भनेको पछि भिडियोमा सुनिएको छ । 

त्यतिमात्र होइन उनीहरुले ती महिलाहरुलाई ‘छिटोछिटो गर्नुस्, निस्किहाल्नुस्’ भन्दै मध्यरातमा होटलबाट बाहिर निकालेकोसमेत भिडियोमा देखिएको छ । दुर्गा प्रसाईंको आन्दोलनमा आएकै कारण महिलाहरु मध्यरातमा होटलबाट लखेटिएपछि अहिले एमाले र युवा संघको चर्को आलोचना भइरहेको छ । 

मध्यरातमा महिला लखेटेको भिडियो सार्वजनिक भएपछि अहिले धेरैले युवा संघ दुर्गा प्रसाईंदेखि तर्सिएकाले यस्ता गतिविधि गरेको टिप्पणी गरेका छन् । तर, एमालेका नेताहरुले भने भिडियोमा देखिएकाहरु युवासंघको कार्यकर्ता नभएको दाबी गरेका छन् । यसो त यसअघि धनुषामा पूरानो राष्ट्रिय गान बजाएको भन्दै युवा संघले प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दिएको थियो । यसले पनि प्रसाईंको आन्दोलनले युवा संघ आत्तिएको धेरैको तर्क छ । 

मंसिर ७ गते नेकपा एमालेको भातृ संगठन युवा संघ र दुर्गा प्रसाईं दुवै समूहले उपत्यकामा प्रदर्शनको घोषणा गरेका छन् । युवा संघले काठमाडौँको तिनकुनेमा कार्यक्रम गर्दैछ भने दुर्गा प्रसाईं समूहको प्रदर्शन बल्खुमा हुँदैछ । युवा संघले ७ गतेको प्रदर्शनलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’ को प्रदर्शन भनेको छ भने दुर्गा प्रसाईंले भने ‘नागरिक मुक्ति’ का लागि व्यवस्था परिवर्तनको लागि भएको बताएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: