काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय गर्न नसक्ने बताएका छन् । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले ऋण मिनाहा गर्नु भनेको बचतकर्ताको बचत सकिनु भएको भन्दै बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् ।
‘ऋण तिर्दिनँ भन्नु समस्याको समाधान होइन । यो बचतकर्ताको पैसा हो । ऋण मिनाहा हुनु भनेको बचतकर्ताको बचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ?’, अर्थमन्त्री महतले भने, ‘बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन । सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ । त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ ।’
त्यस्तै, उनले थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्ड आयात रोकिएपछि फ्याक्ट्री नै नेपाल आएको भन्दै यसबाट देशका राजश्व र रोजगारीको अवसर तीन गुणा बढ्ने पनि बताएका छन् । ‘रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ, यसले रोजगारी दिनेछ, माग अनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ ।’, अर्थमन्त्रीले भने, ‘आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्छ, सँगसँगै राजश्व पनि देशका लागि तीन गुणा बढ्छ ।’
त्यस्तै, सरकारले जति धेरै आम्दानी गर्छ, त्यत्ति नै पूर्वाधारमा लगानी गर्न सक्ने भन्दै यसका लागि निजी क्षेत्रबाट लगानी वृद्धि हुनु आवश्यक भएको अर्थमन्त्रीको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्