Skip to content
LAXMI SUNRISE BANK

‘काठमाडौँको फोहोर साढे तीन वर्षभित्र व्यवस्थापन हुन्छ’

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अबको साढे तीन वर्षभित्र काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुने बताएका छन् । मेयर शाहले शुक्रबार २९औँ महानगर दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न सहयोगको आग्रह समेत गरेका छन् । सँगै उनले अबको साढे तीन वर्षभित्र फोहोरको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको समेत बताएका छन् ।

‘हामीले गर्ने केही काम अझै बाँकी छन् । त्यसमा काठमाडौँ महानगरपालिकाले वाचा गरेका कामहरुमध्ये तीनवटा विशेष कामहरु छन् । तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ ।’, मेयर शाहले भने, ‘फोहर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षका लागि व्यवस्थापन गर्नुपर्ने पनि छ ।’

त्यस्तै, मेयर शाहले महानगरपालिका, प्रदेश सरकार र संघीय सरकार मिले उपत्यकाको मूलभूत यी तीन समस्याको सहजै व्यवस्थापन गर्न सकिने बताएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK