×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अवैध औषधी पसल बन्द गर्छौं, अनधिकृत काम गर्ने जो कोही भए पनि कारवाही हुन्छ’- मेयर शाह 

अर्थ सरोकार

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार

PRIME CA

‘अवैध औषधी पसल बन्द गर्छौं, अनधिकृत काम गर्ने जो कोही भए पनि कारवाही हुन्छ’- मेयर शाह 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्र अनधिकृत रूपमा सञ्चालन भएका औषधि पसल बन्द गर्ने चेतावनी दिएका छन् । अनधिकृत व्यक्तिहरुबाट औषधि बिक्रीवितरण भइरहेको भन्ने उजुरी प्राप्त भएको उल्लेख गर्दै मेयर शाहले त्यस्ता पसल बन्द गराउने चेतावनी दिएका हुन् । 

‘औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधि समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री वितरण भइरहेको, नार्कोटिक औषधीहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख नराख्ने गरिएको गुड फार्मेसी प्राक्टिस अनुसार औषधि पसल व्यवस्थापन नगरिएको र काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको र यस विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार नपाइएकोले यो सूचना प्रकाशन गरेको मितिले १० दिन भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’, महानगरद्वारा जारी सूचना उल्लेख छ ।

उल्लेखित कानुन अनुसार नचलेका औषधि पसलहरुलाई यही मंसिर २९ गतेभित्र कानुनबमोजिम सच्याउन मेयर शाहले निर्देशनसमेत दिएका छन् । ‘काठमाडौँ महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधी बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ ।’, मेयर शाहद्वारा जारी सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भएअनुसार भएको पाइएको छ, यसमा हामी गम्भीर छौँ । त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुनबमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौँ ।’

महानगरले दिएको समयभित्र महानगरभित्र अवैध रुपमा सञ्चालन भएको औषधि पसलहरुले सुधारात्मक कार्य नगरे स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) तथा काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधी पसल बन्द गर्नेसम्मको कारबाही गर्ने समेत मेयर शाहले चेतावनी दिएका छन् । 

यसअघि पनि काठमाडौँ महानगरले अवैध रुपमा सञ्चालन भएका केही मेडिकल तथा औषधि पसलहरुलाई कारवाही गरिसकेका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: