×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालकृष्ण खाँणबारे न्यायाधीशकै राय बाझियो !

PRIME CA
GLOBAL IME BANK

बालकृष्ण खाँणबारे न्यायाधीशकै राय बाझियो !

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणबारे न्यायाधीशकै राय बाझिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएको हो ।

न्यायाधीश खरेलले खाँणलाई अहिले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छोड्न नमिल्ने राय दिएका थिए । तर, न्यायाधीश पाण्डेले खाँणलाई थुनामा पठाउने जिल्लाको आदेश उल्टाउने र ३० लाख धरौटीमा छोड्नुपर्ने राय दिए । न्यायाधीशकै राय बाझिएपछि खाँलाई तत्कालका लागि थुनामै राखिने भएको छ ।

अब खाँणको सुनुवाइ अर्का न्यायाधीशको इजलासमा पठाइनेछ । त्यसपश्चात् उनलाई थुनामा राख्ने वा छाड्ने विषयमा निर्णय हुनेछ ।

यता सोही प्रकरणमा अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको । अदालतले रायमाझीसँगै ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । तर, सोही प्रकरणमा पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझीलाई भने अदालतले धरौटीमा छोडन् आदेश दिएको छ । उच्च अदालत पाटनले उनलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । सन्दीपविरुद्ध अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको अदालतले ठहर गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: