काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ रहेको आरोप लगाएका छन् । शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले एनसेलको सन्दर्भमा अहिले आएका कुरा रातारात नभएको भन्दै राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ तथा भरथेग नभइकन सो प्रकरण नभएको दाबी गरेका छन् ।
‘एनसेलको सन्दर्भमा जे कुराहरु भएको छ यो अहिले रातारात भएको होइन ।’, उनले भने, ‘यसमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ, ठूलो भरथेग र ठूलो भरोसा नभइकन यो प्रकरण भएको छैन ।’
त्यस्तै, सांसद थापाले एनसेल प्रकरणको छानबिन गर्न सरकारले बनाएको समितिमाथि राज्य व्यवस्था समितिले नजिकबाट नियाल्नुपर्ने समेत बताएका छन् । ‘सरकारले बनाएको समितिले चोख्याउने वा कारबाही के गर्छ भनेर यो समितिले नजिकबाट नियाल्नुपर्छ ।’, उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्