काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले प्रायोजित हल्लाका कारण नेपाली सेयर बजार प्रभावित भएको बताएका छन् । शुक्रबार समाजिक सञ्जाल फेसबुकमा पोस्ट सार्वजनिक गर्दै सांसद बास्कोटाले यस्तो बताएका हुन् ।
बास्कोटाले अहिले नेपालको सेयर बजारमा प्रायोजित रुपमा हल्ला फैलाउँदै जनता झुक्याउने खेल भइरहेको उल्लेख गरेका छन् ।
त्यस्तै, बास्कोटाले केही ‘डन’हरुले नेपालको सेयर बजारलाई कब्जा गरेको पनि बताएका छन् । ‘प्रायोजित हल्ला मच्चायो, भाउ बढायो, जनतालाई किनायो । उसैगरी उल्टो हल्ला चलायो भाउ घटायो र जनताबाटै कौडीमा किनिदियो गरेर मात्र नेपालको सेयर बजारका केही डनहरुले सेयर बजार पुरै कब्जामा राखेका छन्, भन्छन् ।’, उनले लेखेका छन् ।
सँगै उनले नेपाली सेयर बजारमा वाईकोले मनपरी रुपमा बजार चलाएको पनि आरोप लगाएका छन् । शुक्रबार फेसबुकमा गरेको सोही पोस्टमार्फत सांसद बास्कोटाले सेयर बजारमा वाईकोको मनपरी माथि प्रश्न उठाएका छन् । ‘वाइको भन्ने कम्पनीलाई मनपरी बजार चलाउने छुट कसले दियो ? जनता घाटामा, तीनजना नाफामा ?’, उनले लेखेका छन् । तर उनले अन्तिममा तीनजना भनेर कसलाई इंगित गरेका हुन् भन्ने खुलाएका छैनन् ।
यद्यपि बास्कोटाले भनेको तीनजना नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेप्सेलाई कमिसन खुवाएर बजारमा चलखेल गर्ने वाइको र बजारमा इन्साइडर कारोबार गर्ने व्यक्ति भएको हुनसक्ने लगानीकर्ताले अनुमान गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्