काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले लिएको बढी ब्याज फिर्ता हुने बताएका छन् । शुक्रबार आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले पछिल्ला दिन बैंकहरुले नियमविपरीत बढी ब्याज लिएको भन्ने गुनासो बढेकाले यदी कुनै बैंक तथा वित्तीय संस्थाले सम्झौताविपरीत बढी ब्याज लिएको भए जानकारी गर्न आग्रह गरेका छन् ।
गभर्नर अधिकारीले व्यवसायीहरुले बैंकले १८ प्रतिशतसम्म ब्याज लिँदा समस्या परिरहेको भनिरहँदा बढी ब्याज लिएको प्रमाणसहित आए त्यस्ता बैंकलाई कारवाही गर्ने बताएका छन् । कारवाही मात्र होइन, बढी ब्याज लिएको पुष्टि भए ब्याजबापत लिएको बढी रकम पनि फिर्ता गराइदिने उनको भनाई छ । तर, अनावश्यक रुपमा बैंकले बढी ब्याज लिए भन्दै हल्ला नगर्न पनि गभर्नर अधिकारीले आग्रह गरेका छन् ।
बैंकले बढी ब्याज लिए फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्दै गभर्नर अधिकारीले गत वर्षमा मात्रै ब्याजबापत लिइएको ४ अर्ब ७६ करोड बढी रकम फिर्ता गरेको पनि स्मरण गराएका छन् ।
साथै, गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कुनै पनि जिज्ञासा वा गुनासो भए राष्ट्र बैंकमा खबर गर्न भनेका छन् । तर, बाहिरबाहिर सतही कुरामा आधारित रहेर बैंक तथा वित्तीय संस्था र ब्याजदरका विषयमा अनावश्यक भ्रम नछर्न गभर्नर अधिकारीले आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्