×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक !

PRIME CA

काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक !

२७ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आज (मंसिर २७ गते) देखि सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने भएको छ । यसअघि महानगरले जारी गरेको सुर्तीजन्य पदार्थको निषेध सम्बन्धी सूचनाको कार्यान्वयन गर्दै आजदेखि महानगरभित्र प्लाष्टिकमा प्याकिङ भएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाइएको हो । 

योसँगै अब महानगरभित्र प्लाष्टिकमा प्याकिङ गरिएका सुर्ती, गुटका, पान पराग, चुरोट, तमाखु लगायतका मुखमा राख्ने, रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न पाइने छैन ।

प्रतिबन्ध गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको पाइए नगर प्रहरी परिचालन गरी सामान जफत गरी सूचनाको अवज्ञा गर्ने व्यवसायीलाई कानून अनुसार कारवाही गरिने महानगरले चेतावनी दिएको छ । यसका लागि महानगरले १५ दिन अघि नै सूचना जारी गरिसकेको थियो । सूचना जारी गरेपछि महानगरले सुर्तीजन्य पदार्थको बिक्री विवतरण रोक लगाइएको भन्दै माइकिङ पनि गर्दै आएको छ ।

त्यस्तै, महानगरले विद्यालय, कलेज, विमानस्थल लगायतका सार्वजनिक स्थलहरुमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ निषेध गरेको छ । सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाउँदै महानगरले यस्ता पदार्थको बिक्रीवितरणका लागि निश्चित क्षेत्र तोक्ने तयारी गरेको समेत बुझिएको छ ।

सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यससम्बन्धी व्यवस्था छ । विसं २०६८ मा जारी भएको ऐनको दफा ४ मा सार्वजनिकस्थल (शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेष्टुराँ, छात्रवास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायतका स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरिएको छ ।

ऐनले सार्वजनिकस्थलको चारकिल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जङ्क फुड बिक्री वितरण गर्न निषेध गर्नसक्ने व्यवस्था छ । सहरको स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूमपान नियन्त्रण पहिलो सर्त हो । दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने कामपाको तयारी छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: