×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेल बेचे पनि ६ वर्षसम्म लाभांशको हिस्सा आजियाटालाई !

PRIME CA

एनसेल बेचे पनि ६ वर्षसम्म लाभांशको हिस्सा आजियाटालाई !

१९ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मलेसियन कम्पनी आजियाटाले आगामी ६ वर्षसम्म एनलसेलले पाउने लाभांशको हिस्सा पाउने भएको छ । ५ करोड अमेरिकी डलर अर्थात ६ अर्ब ६५ करोड रुपैयाँमा स्पेक्ट्रलाइट युकेलाई एनसेलको स्वामित्व बेचेपनि आजियाटाले सन् २०२९ सम्म एनसेलले पाउने लाभांशको हिस्सा पाउने भएको हो । उक्त सर्त एनसेलको सेयर खरिद बिक्री सम्झौतामा उल्लेख भएको आजियाटाले जनाएको छ ।

यसै पनि १ डलरमा खुलेको स्पेक्ट्रलाइट युकेले साह्रै सस्तो भाउमा एनसेल किन्नु र एनसेल खरिदबिक्रीको जानकारी नियामक निकायलाई थाहै नहुनुले एनसेलको सेयर खरिद बिक्रीमाथि शंका उब्जाएको छ । 

अझ सम्पूर्ण स्वामित्व बेचिसकेर पनि ६ वर्षसम्म एनसेलले पाउने लाभांशको हिस्सा आजियाटाले पाउने भन्ने विषयले ‘दालमा केही कालो छ’ भन्ने उखानलाई थप प्रसय दिएको छ । 

यता प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा चासो व्यक्त गरेका छन् । उनले एनसेल खरिदबिक्री प्रक्रिया प्रचलित कानुनी प्रावधान अनुरुप छ वा छैन भन्ने विषयमा सरकारले अध्ययन गर्ने बताएका छन् । एनसेलको सेयर खरिदबिक्रीको विषय नेपाल दूरसञ्चार प्राधिकरण र कर प्रणालीसँग  जोडिएकाले अध्ययन गर्ने प्रचण्डको भनाई छ ।

आजियाटाले सन् २०१६ मा स्वीडेनको टेलियासोनेरासँग एनसेलको ८० प्रतिशत सेयर १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात त्यसबेलाको १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको थियो । तर साढे सात वर्षपछि साह्रै कम मूल्यमा आजियाटाले एनसेल स्पेक्ट्रलाइट युकेलाई बेचेको हो । स्पेक्ट्रलाइट युकेका सञ्चालक सतीशलाल आचार्य एनसेलको नेपाली साझेदार सुनिभेरा क्यापिटल भेन्चर प्रालिका सञ्चालक भावना सिंह श्रेष्ठका श्रीमान हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: