Skip to content
LAXMI SUNRISE BANK

एनसेल प्रकरणः खरिद बिक्री प्रक्रियामा सरकारको असन्तुष्टि, छानबिनका लागि ५ सदस्यीय समिति गठन

अर्थ सरोकार

काठमाडौँ । एनसेल खरिदबिक्री प्रकरणको छानबिनका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले एनसेल प्रकरणको छानबिनका लागि पूर्व महालेखापरीक्षक टंकमणि शर्मा (दंगाल)को संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

शर्माको संयोजकत्वमा मन्त्रिपरिषद् बैठकले गठन गरेको छानविन समितिले एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्रीका विषयमा छानबिन गर्ने सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । शर्माका अनुसार टंकमणी शर्माको संयोजकत्वमा गठित उक्त समितिमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले सदस्य रहेका छन् ।

एनसेल खरिदबिक्री गर्ने क्रममा पक्रिया पूरा नभएको, नियमाकीय निकायलाई जानकारी नै नदिई एनसेलको सेयर खरिद बिक्री गरेको तथा खरिदबिक्री प्रक्रियामा चलखेल भएको भन्दै सरकारले एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्री कार्यमा असन्तुष्टि जनाएको छ ।

त्यस्तै, बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रममा विश्व बैंकबाट प्राप्त हुने पहिलो चरणको सहायतासम्बन्धी वार्ता गर्नका लागि वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णय समेत गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK