Skip to content
LAXMI SUNRISE BANK

‘घर हुँदाहुँदै घरभाडाको सुविधा लिएको’ बात लागेका नेपाल बैंकका सहायक सीइओ पौडेलको ‘घरभाडा काण्ड’ के हो ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल बैंक लिमिटेडको सीइओको अन्तिम ५ को सूचीमा समेत परेका बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले घरभाडाका नाममा गैरकानुनी रुपमा बैंकको रकम उपभोग गरेको भन्दै नियामक नेपाल राष्ट्र बैंकमा उजुरी परेपछि यस विषयमा राष्ट्र बैंकले विशेष इन्सपेक्सन गरेको र संचालक समितिलाई पत्रसमेत लेखेको पाइएको छ । आफ्नो नाममा घर हुँदाहुँदै बैंकबाट घरबहालका नाममा पैसा लिएको विषयमा उजुरी परेपछि राष्ट्र बैंकले बैंकमा विशेष इन्सपेक्सन टोली पठाएको थियो । सो टोलीले तयार गरेको प्रतिवेदनअनुसार राष्ट्र बैंकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा बैंकलाई पत्रसमेत लेखेको थियो ।
काठमाडौमा घर हुँदाहुँदै नियम विपरित घर भाडा रकम उपभोग गरेको विषयमा बैंककै एक उच्च अधिकारीले उनीविरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी गरेका थिए । नेपाल राष्ट्र बैंकले गरेको सुपरिवेक्षणका क्रममा सो उजुरीमा उल्लेख भएको कुरा प्रमाणित हुन आए राष्ट्र बैंकले उनीबाट सो रकम असुलउपर गर्न र सोको जानकारी राष्ट्र बैंकमा गराउन बैंकको संचालक समितिलाई निर्देशन दिएको थियो ।
गैरकानुनी रुपमा उपभोग भएको रकम पौडेलबाट असुलउपर गरी नीजलाई कार्वाही हुनुपर्ने ठाउँमा संचालक समिति स्वयम् नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको धज्जी उडाउँदै बसेको भन्दै यतिबेला बैंकभित्रका केहि उच्च अधिकारीहरु नै असन्तुष्ट छन् । पौडेल सीइओ बन्ने लाइनमा भएकाले उनको यो उजुरीका विषयमा के कसो भयो ? क्लिन चिट पाएको भए के निष्कर्ष रह्यो ? भन्ने कुरा जानकारी हुनुपर्ने भन्दै यतिबेला नेपाल बैंकभित्रै यस विषयमा उग्र चर्चा चलिरहेको छ ।
 
पौडेल के भन्छन् ? बैंक के भन्छ ?
यस विषयमा बुझ्न हामीले पौडेललाई फोन गरेका थियौँ । तर उनले यस विषयमा स्पष्ट प्रतिक्रिया नै दिन चाहेनन् । ‘मसँग भन्दा पनि कम्पनी सचिवसँग बुझ्नुहोस् न ।’अर्थ सरोकारसँग कुराकानी गर्दै पौडेलले भने, ‘यो कम्पनी सचिवले भन्ने कुरा हो ।’
‘तर यो त तपाईंको विषय भयो नि होइन र ?’ अर्थ सरोकारको प्रश्नमा पौडेलले भने- ‘कम्पनी सचिवले बुझाउनुहुन्छ, उहाँलाई सोध्नुहोस् न ।’
यता कम्पनी सचिव केशब प्रसाद भण्डारीले समेत पौडेलका नाममा परेको उजुरीपछि नेपाल राष्ट्र बैंकले विशेष इन्सपेक्सन गरेको र इन्सपेक्सनपछि संचालक समितिका नाममा निर्देशन दिएको स्वीकारेका छन् । यद्यपी उनले नेपाल राष्ट्र बैंकलाई संचालक समितिले यस विषयमा आफ्नो धारणा पठाईसकेको, र त्यसपछि नेपाल राष्ट्र बैंकले यस विषयमा आवश्यक अनुसनधानसमेत गरेको बताएका छन् ।
‘अनि, अनुसन्धानले के भन्यो त ? के निष्कर्ष निस्कियो त ? क्लिन चिट दिईयो कि पौडेल सरलाई कार्वाही भयो त ?कार्वाही भएको भए के भयो त ?’ हाम्रो प्रश्नमा कम्पनी सचिव भण्डारीले भने- ‘कार्वाही गर्ने कुरा त राष्ट्र बैंकको हो । त्यसविषयमा हामीलाई कुनै पनि जानकारी आएको छैन ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK