काठमाडौं । नेपाल राष्ट्र बैंकले महँगी घटेको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।
त्यस्तै, समिक्षा महिनामा खाद्य तथा पिय पदार्थको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर खाद्य तथा सेवा समुहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा घ्यू तथा तेल र तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ । त्यस्तैगरी, आयात ३.८ प्रतिशतले घटेको, निर्यात ७.७ प्रतिशतले घटेको र कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २६.४ प्रतिशतले र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.१४७ अर्ब ११ करोडले बचतमा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
यता, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
Current Macroeconomic and Financial Situation - Nepali (Based on Four Months' data of 2023.24)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्