×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युरोडको सुन कारखानामा प्रहरीको छापा, एक जना पक्राउ ! 

अर्थ सरोकार

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार

PRIME CA

न्युरोडको सुन कारखानामा प्रहरीको छापा, एक जना पक्राउ ! 

काठमाडौँ । काठमाडौँको न्युरोडस्थित सुन गाल्ने कारखानाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । न्युरोडको न्यु ओमपर्ल गोल्ड प्रालिमा प्रहरीले छापा मारेको हो । 

सुन कारखानामा छापा मारेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले पुष्टि गरेका छन् । एसपी रेग्मीका अनुसार उक्त कारखानाबाट कारखानाका सञ्चालक ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरिएको छ । कैलाली स्थायी घर भएका पाण्डे काठमाडौँको सानोभर्याङ बस्दै आएका थिए । 

उक्त कारखानाबाट प्रहरीले ५ किलो बढी (अनुमानित) सुन बरामद गरेको छ । हाल उक्त सुनको परिणाम र गुणस्तर मापन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

अवैध तस्करीमार्फत सुन आयात गरी बिक्रीवितरण गरिरहेको सूचनाका आधारमा प्रहरीले उक्त कारखानामा छापा मारेको थियो । हाल उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: