काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थको सेवन, बिक्रीवितरण तथा भण्डारमा निषेध गरिएको छ । बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्रमा मदिरा, मासु र नशालु पदार्थमा प्रतिबन्ध लगाइएको जनाएको हो ।
बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै २१ मंसिर (बिहीबार) देखि २७ मंसिरसम्म पशुपति क्षेत्रमा मदिरा, मासु र नशालु पदार्थमा निषेध लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
प्रशासनले पशुपति क्षेत्रमा चार किल्ला तोकेरै यस्ता वस्तुको प्रयोग तथा बिक्रीवितरणमा रोक लगाएको हो । प्रशासन कार्यालयका अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा मासु, मदिरा र नशालु पदार्थ निषेध गरिएको छ ।
निषेधित क्षेत्रमा निषेधित पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन गरेको पाइए कानून बमोजिम कारवाही हुने पनि सूचनामा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्