×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी तीन कारण देखियो सेयर बजारमा उत्साह…

अर्थ सरोकार

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार

PRIME CA

यी तीन कारण देखियो सेयर बजारमा उत्साह…

काठमाडौँ । साताको कारोबारको पहिलो दिन नै सेयर बजारमा ‘पोजेटिभ सर्किट’ लागेर बजार बन्द भएको छ । ६ प्रतिशत बजार बढोत्तरीसँगै आइतबारका लागि बजार बन्द भएको हो । आइतबार कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ : २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो । पुनः १२ : ०७ बजे सुरु भएको कारोबारमा २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो ।

बजारमा उत्साह देखिनुका मुख्य ३ कारण छन् ।

पहिलो कारण नेपाल राष्ट्र बैंक सेयर बजारप्रति सकारात्मक नै नभए पनि अव धेरै नकारात्मक हुँदैन भन्ने संकेत हो । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै सेयर कर्जाको जोखिम भार घटाएर लगानीकर्तालाई सकारात्मक सन्देश दिएको थियो । राष्ट्र बैंकको नीतिका कारण जहिल्यै राष्ट्र बैंकप्रति लगानीकर्ताहरु आक्रोशित हुने गरेकोमा यसपटकको समिक्षालाई लगानीकर्ताहरुले स्वागत गरेका थिए ।

दोश्रो, र महत्वपूर्ण कारण भनेको ब्याजदरको घटोत्तरी हो । आज एकाविहानै एनआईसी एशिया बैंकले ब्याज घटाएर सकारात्मक सन्देश दिईसकेको छ । बैंकरहरु ब्याज अझै घट्ने निश्चित भएको बताईरहेका छन् भने अन्य बैंक तथा वित्तीय संस्थाहरु पनि ब्याज घटाउन लागि परेका छन् । ब्याज घट्ने भएपछि लगानीकर्ताहरु उत्साहित हुँदा त्यसको सकारात्मक प्रभाव नेपाली सेयर बजारमा देखिएको छ ।

तेश्रो कारण भनेको नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा केहि सकारात्मक सन्देशसहितको परिमार्जन गर्दैछ भन्ने सूचना चुहिँदा केहि ठुला लगानीकर्ताहरु गत साताको बजारमा प्रवेश गरेका छन् । ठुला लगानीकर्ता चलायमान हुँदा बजार नै चलायमान हुन्छ । बजार झन् सकारात्मक देखिँदा ती लगानीकर्ताहरु थप लगानी गर्न उद्दत रहेको पाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: