काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजारमा करेक्सन देखिएको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार ५ सय १७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको २५ करोड १५ लाख ६० हजार ६ सय ७ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, दोल्ती पावर कम्पनी, हाथवे इन्भेस्टमेन्ट नेपाल, इन्फिनिटी लघुवित्त र मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको २५ करोड १५ लाख ६० हजार ६ सय ७ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, माउनटेन इनर्जी नेपाल, शिवम् सिमेन्ट र सानिमा जीआइसी इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो । समता घरेलु लघुवित्तमा यस्तो गिरावट आउँदा मन्दाकिनी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था, एशियन हाइड्रोपावर र अपर स्याँगे हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्