×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डका पूर्व अध्यक्ष पौडेल नेप्सेको अध्यक्षमा नियुक्त

PRIME CA

धितोपत्र बोर्डका पूर्व अध्यक्ष पौडेल नेप्सेको अध्यक्षमा नियुक्त

२६ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पौडेललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन् । पौडेलको नेप्से अध्यक्षमा मंगलबार बेलुका पदबहाल गर्ने कार्यक्रम रहेको छ ।

भन्सार विभागका महानिर्देशकसमेत रहेका पौडेलले नेपाल धितोपत्र बोर्ड र नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । उनी यसअघि तत्कालीन बीमा समितिको सञ्चालक समितिको सदस्य समेत थिए ।

हाल नेप्से अध्यक्ष रहेका अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बराललाई फिर्ता बोलाउँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेको अध्यक्षमा पौडेललाई नियुक्त गरेका हुन् । नेप्सेको अध्यक्षमा नियुक्त भएसँगै पौडेलले नेप्से सुदृढिकरणमा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

पौडेलसँग ठूला करदाता कार्यालय तथा आन्तरिक राजस्व विभाग प्रमुखको कार्यानुभव रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: