×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने सरकारको तयारी ! 

PRIME CA

देशभर सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने सरकारको तयारी ! 

२८ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सरकारले देशभर सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानव स्वास्थ्यका लागि हानिकारक हुने भन्दै सरकारले प्लास्टिकको प्याकिङमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने तयारी गरेको हो । 

यसो त सरकारले प्लास्टिकमा प्याकिङ गरिएको सुर्तीजन्य पदार्थको कारोबारमा रोक लगाउने व्यवस्था चालु आर्थिक वर्षको बजेटमै गरेको थियो । बरु प्लास्टिकको सट्टा ‘बायो डिग्रेडेबल’ जैविक वस्तुमा प्याकिङ गरिनुपर्ने बजेटमा व्यवस्था गरिएको थियो । चालु आर्थिक वर्षको बजेटमै गरिएको उक्त व्यवस्था सरकारले आगामी केही महिनापछि लागू गर्ने भएको छ ।

सरकारले लागू गर्न लागेको व्यवस्था अनुसार सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योगहरुले उत्पादन गर्दा नै प्लास्टिकमा प्याकिङ गर्न/गराउन पाउने छैनन् । त्यस्तै सुर्तीजन्य पदार्थको आयात गर्ने व्यवसायीले पनि प्लास्टिकमा प्याकिङ भएका सुर्तीजन्य पदार्थ आयात गर्न पाउने छैनन् । 

यता काठमाडौँ महानगरपालिकाले भने मंसिर २७ गतेदेखि नै काठमाडौँ महानगरपालिकामा प्लास्टिकमा प्याकिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । 

सुर्तीजन्य पदार्थमाथिको प्रतिबन्ध अनुगमनका लागि महानगरले ठूलो संख्यामा नगर प्रहरी परिचालनसमेत गरेको छ । अनुगमनका क्रममा प्रतिबन्धित सुर्तीजन्य पदार्थको कारोबार गरेको पाइए सामान जफत गरी कानुन अनुसार कडा कारवाही गरिने महानगरले चेतावनी दिएको छ । महानगरले सुर्तीजन्य पदार्थको कारोबार रोक्नेबारे यसअघि नै सूचना जारी गरिसकेको थियो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: