काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले अर्थतन्त्रका स्रोतहरुमा धेरै फेरबदल आइरहेको बताएका छन् । बिहीवार वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वाग्लेले यस्तो बताएका हुन् ।
उनले कर्मचारी जलवायु परिवर्तन, नेपालीहरु बाहिर बस्ने प्रवृत्तिका कारण अर्थतन्त्रका स्रोतहरुमा बदलाव आइरहेको बताएका छन् । ‘अहिले अर्थतन्त्रका स्रोतहरुमा पनि धेरै बदलावहरु आइरहेका छन् । अहिले संरचनागत रुपमा जलवायु परिवर्तनका कुराहरु जोडिने महत्वपूर्ण कुराहरु भइरहेको छ । ठूला संरचनागत परिवर्तनहरु भइरहेको छ ।’, सांसद वाग्लेले भने, ‘तीन करोडमा एक करोड नेपालीहरु बाहिर बस्ने जस्तो सारा कुराले गर्दा नयाँ नयाँ विकासका चुनौतीहरु पनि आउन थालेका छन्, त्यसतर्फ पनि ध्यान दिन जरुरी छ ।’
त्यस्तै, सांसद वाग्लेले ठेकदार, नेता र कर्मचारीको मिलोमतोमा नियुक्तको किनबेच, नीतिको कब्जा र पूर्वाधारमा चरम भ्रष्टाचार भइरहेको समेत टिप्पणी गरेका छन् ।
स्वास्थ्य र शिक्षा जस्तो संवेदनाशील कुराहरुमा पनि चरम भ्रष्टाचार भइरहेकाले अर्थतन्त्रका सूचकहरुमा सुधार आउन नसकेको सांसद वाग्लेले बताएका छन् । उनले केही नेताहरुले संवैधानिक अंग नै कब्जा गरेर देशलाई चरम भ्रष्टाचारको युगमा पुर्याएकोसमेत आरोप लगाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्