काठमाडौँ । १४ किलो तस्करीको सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । फ्लाई दुबईको जहाजमार्फत काठमाडौँ आएका चन्द्र घले तस्करीको सुनसहित पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले झण्डै १४ किलो अवैध सुर बरामद गरेको छ । घले गोरखाका बासिन्दा हुन् ।
घलेले लुकाइछिपाई सुनको तस्करी गर्न लागेको भन्ने पूर्व सूचनाका आधारमा प्रहरीले विमानस्थलमा निगरानी बढाएको थियो । सोही क्रममा बिहीबार राति घले पक्राउ परेका हुन् ।
उनले आफूले शरिरमा सुन राख्नका लागि छुट्टै कपडा लगाएका थिए । भित्री कपडामा सनु हालेका घलेले बाहिरबाट ज्याकेट लगाएका थिए ।
बरामद गरिएको सुन शुक्रबार जोखिने भएको छ । सुन जोखिसकेपछि त्यसको गुणस्तर परीक्षण पनि शुक्रबार नै गरिने त्रिभुवन अन्तराष्ट्रि विमानस्थलको भन्सार विभागले जनाएको छ । हाल पक्राउ परेका घलेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्