×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० अर्ब कर छली गर्ने दुई हजार फर्ममाथि राजस्व विभागको छानबिन, सय फर्मको छानबिन गर्दा ३२ करोड कर निर्धारण !  

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

१० अर्ब कर छली गर्ने दुई हजार फर्ममाथि राजस्व विभागको छानबिन, सय फर्मको छानबिन गर्दा ३२ करोड कर निर्धारण !  

१७ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आन्तरिक राजस्व विभागले राजस्व छलीमा संलग्न करिब दुई हजार फर्ममाथि छानबिन गर्ने भएको छ । विभागले करिब १० अर्ब रुपैयाँ राजस्व छलीमा संलग्न १ हजार ९ सय ६६ फर्ममाथि छानबिन थालेको हो । जसमध्ये विभागले सयवटा फर्ममाथिको छानबिन सकिसकेको छ । 

छानबिनपछि विभागले एक सय फर्ममाथि ३२ करोड कर निर्धारण गरेको छ । अब भने विभागले बाँकी रहेका १ हजार ८ सय ६६ फर्म तथा करदातामाथि छानबिन गर्नेछ ।

यसरी कर छली गर्नेहरुमा अधिकांश व्यापारी तथा फर्मले भ्याट बिलको बिक्री गरेर त्यसबापतको रकम सरकारसँग फिर्ता लिएको पाइएको विभागले जनाएको छ । 

छानबिनको दायरमा आएका/आउने व्यवसायिक फर्मले नक्कली बिल बिजक तयार गरी भ्याटबापतको रकम फिर्ता लिने, नक्कली बिल बिजक बिक्री गर्ने, भन्सार छली गरेर सामान ल्याउने र बिल बनाएर बिक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ । यसरी गरिएको कर छलीमा एउटै फर्म वा करदाताले ६ देखि ७ करोडसम्म कर छली गरेको पनि पाइएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: