काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीलाई थुनामै राख्न आदेश दिएको हो ।
रायमाझीसँगै अदालतले इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्न आदेश दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौँले रायमाझीसहित ८ जनालाई थुनामा राख्न आदेश दिएको थियो । सोही आदेशलाई उच्चले पनि सदर गरेको हो ।
त्यस्तै, सोही प्रकरणमा पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझीलाई भने अदालतले धरौटीमा छोडन् आदेश दिएको छ । उच्च अदालत पाटनले उनलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । सन्दीपविरुद्ध अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको अदालतले ठहर गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्