×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा पदबाट राजिनामा, अवको यात्रा ‘राजनीति’ !

PRIME CA

नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा पदबाट राजिनामा, अवको यात्रा ‘राजनीति’ !

२६ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले राजिनामा दिएका छन् । थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजिनामा बुझाएका हुन् । 

२०७८ फागुनमा खुल्ला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका थानीले कार्यकाल सकिन भन्दा १५ महिनाअघि नै राजिनामा दिएका हुन् । निगमको कार्यकारी निर्देशकको कार्यकाल तीन वर्षको हुन्छ तर थानीले २१ महिनामै राजिनामा दिएका छन् ।

स्रोतका अनुसार थानीले सक्रिय रुपमा नेपाली राजनीतिमा लाग्ने भन्दै निगमको कार्यकारी निर्देशकबाट राजिनामा दिएका हुन् । उनले नेपाली कांग्रेसबाट सक्रिय राजनीति गर्ने बुझिएको छ । थानी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)का निवर्तमान अध्यक्ष हुन् । उनले निगमको कार्यकारी निर्देशक हुँदादेखि नै नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि लविङ गर्दै आएको स्रोतको दाबी छ । 

थानीको कार्यकालमा नेपाल आयल निगम नाफामुक्त हुनुका साथै कर्मचारी व्यवस्थापनमा पनि उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै मन्त्रालयले उनलाई ९०.५ अंक प्रदान गरेको छ । 

थानी कार्यकारी निर्देशक भएकै बेला निगमले भारतीय आयल कर्पोरेशन (आईओसी)लाई तिर्न बाँकी रहेको ३१ अर्ब रुपैयाँ चुक्ता गरेको थियो । साथै, थानीकै कार्यकालमा निगम सरकारको ७ अर्ब ऋण तिरेर ऋणमुक्त भएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: