×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक कर्मचारीको गुनासो -‘डरले भनेनौँ, रवि लामिछानेलाई दिएको पत्रमा मिति गल्ती छ भन्ने प्रेस मिट अगाडी नै थाहा थियो’

अर्थ सरोकार

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार

PRIME CA

बैंक कर्मचारीको गुनासो -‘डरले भनेनौँ, रवि लामिछानेलाई दिएको पत्रमा मिति गल्ती छ भन्ने प्रेस मिट अगाडी नै थाहा थियो’

काठमाडौँ । ग्लोबल आईएमई बैंकले रवि लामिछानेलाई दिएको पत्र दिँदा मिति गल्ती हुनुमा कर्मचारीको मानवीय त्रुटी भएको बताएको छ । बैंकले मिति नै गलत राखेर लामिछानेलाई पत्र दिएको खबर अर्थ सरोकारले ब्रेक गरेपछि बैंकका अधिकारीले सो पत्रमा उल्लेख भएको मिति गलत हुनु मानवीय त्रुटीमात्र भएको दाबी गरेका छन् ।
अहिले बैंकले सो पत्रको मिति सच्याईसकेको छ भने कर्मचारीलाई मौखिक स्पष्टिकरणसमेत लिईसकेको छ ।
बैंकको गुनासो -‘हुल बाँधेर आउनुभो, भिडियो खिच्नुभो, हामी यसै डरायौं, हतारहतारमा मिति गल्ती भो’
आखिर दुई जनाले भेरिफाई गर्दा पनि पत्रमा कसरी गल्ती भयो त ? अर्थ सरोकारको जिज्ञासामा बैंकका कर्मचारीको दाबी छ -‘रवि सरहरु आउने कुराले यसै पनि कर्मचारीहरु आत्तिएका थिए । अझ रवि सरसँग अरु साथीहरु पनि आउनुभयो । आएपछि लामिछानेको खातामा पैसा आएको छैन भन्ने कुरा बोलेको भिडियो पनि खिच्नुभयो।’ बैंकका कर्मचारीले अर्थ सरोकारसँग भने- ‘हामी त्यतिकै आत्तिईसकेका थियौँ । त्यसमाथि हतारहतार पत्र लेख्ने कुरा भयो । लेख्दा लेख्दै गल्ती भयो ।’
अर्थ सरोकारको सम्पर्कमा आएका ती कर्मचारीका अनुसार लामिछानेले पत्र लिएर जानेबित्तिकै पत्रमा गल्ती भएछ भन्ने बैंकका कर्मचारीलाई थाहा भईसकेको थियो । ‘उहाँहरु हिंडीसकेपछि पत्रमा मिति गल्ती भएछ भन्ने थाहा पाएका थियौँ । तर लामिछाने सरलाई फोन गरेर भन्ने आँट नै भएन । पछि अर्थ सरोकारमा न्युज आयो भनेपछि हल्लाखल्ला भयो । लामिछाने सर स्वयमले पनि सोहि न्युजबारे सोधिएको प्रश्नपछि बैंकमा फोन गर्नुभएछ । त्यसपछि सच्चाएर दियौँ ।’
ती कर्मचारीका अनुसार ग्लोबल आईएमई बैंक, रविका समर्थकले बैंकलाई बाइकट गर्लान् वा डिपोजिट झिक्लान् भन्ने पीरमा छ । यसै पनि लामिछानेको विवरण मिडियालाई दिएको भन्दै सोमबार दिउँसो नै बैंकको चर्को आलोचना सुरु भईसकेको थियो । कानुनका जानकारहरुले पनि यस्तो गर्न नमिल्ने बताएपछि र यस विषयमा स्वयम् राष्ट्र बैंकका केहि अधिकारीहरुले चासो देखाएपछि ग्लोबल आईएमई बैंकका अधिकारीहरु तनावमा थिए । यतिसम्मकि बैंकका सूचना अधिकारीसमेत रहेका सुरेन्द्र रेग्मीले त सोमबार कतिपय संचारकर्मीको फोन नै उठाएनन् । देश बाहिर रहेका नेपालीहरुमध्ये ठुलो संख्यामा लामिछानेका समर्थक रहेकाले सानो गल्तीले पनि आईएमईको ब्राण्डमा असर गर्ने वा ग्लोबल आईएमई बैंकलाई घाटा हुने डर बैंकलाई छ । यहि कारण सोमबार बेलुकी पनि बैंकले अवेरसम्म कर्मचारी राखेर बैंकले सो पत्रमा मिति सच्याएर दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: