×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्सको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

अर्थ सरोकार

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार

PRIME CA

नेशनल लाइफ इन्स्योरेन्सको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भैरहवा स्थित होटल टाईगर प्यालेसमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा माला र सम्मान पत्रवाट सम्मानित गरिएको थियो ।

तोकिएको बीमा शुल्क संकलन गरी नेपालभरबाट योग्य भएका ४ जना सि.ओ.टी. र ८३ जना एमडिआरटी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको प्रतिष्ठित संस्था MDRT (Million Dollar Round Table) को लागि योग्य अभिकर्ताहरुको वृत्ति विकासको लागि महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका थिए । कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी गराए ।

समारोहमा चर्चित कलाकार मनोज गजुरेलको मनोरन्जनात्मक एवं व्यक्तित्व विकास सम्बन्धमा प्रस्तुती रहेको थियो ।

सम्मानित बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: