×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभावः निफ्राले भ्रामक सूचना सच्यायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थ सरोकार समाचार प्रभावः निफ्राले भ्रामक सूचना सच्यायो

Artha Sarokar

११ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमडौँ । पूर्वाधार विकास बैंक (निफ्रा)ले लकइन पिरियडबारे गलत सूचना सच्याएको छ । लकइन पिरियडबारे गलत सूचना सार्वजनिक गरेको समाचार अर्थ सरोकारले सम्प्रेषण गरेपछि निफ्राले यसअघि सार्वजनिक गरेको लकइन पिरियडबारे सूचना सच्याएको हो ।

बैंकले बुधबार सार्वजनिक गरेको सूचनामा संस्थापक सेयर धनीतर्फको १२ करोड १६ लाख कित्ता सेयर लक इन खुल्ने भनेको थियो । तर, बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) अनुसार सो कम्पनीको सेयर ‘फ्रीली ट्रेडेबल’ हुनेगरी लकइन १० वर्ष नपुगी खुल्दैन । अर्थात प्रचलित व्यवस्था अनुसार १० वर्ष नुपगी निफ्राको कुनै पनि हिस्सा परिवर्तन गर्द मिल्दैन ।

५ वर्षपछि बैंकका सेयरधनीहरुले निश्चित कार्यविधि पूरा गरेर सेयर नामसारी गर्न मिल्ने र सेयर धितो राखेर कर्जा लिन मिल्ने व्यवस्था मात्रको स्थितिलाई अपव्याख्या गर्दै निफ्राले भ्रामक सूचना सार्वजनिक गरेको थियो । तर, नफ्राले सार्वजनिक गरेको भ्रामक सूचनाबारे अर्थ सरोकारले समाचार सम्प्रेषण गरेपछि निफ्राले सूचना सच्याएको छ । यस्तो छ सच्याइएको निफ्राको सूचनाः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी