×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारीलाई यातना दिने डेपुटी सीइओलाई बैंकले ‘सम्मान’ गर्ने, पीडीत भण्डारीका पक्षमा युनियनले विज्ञप्ति ननिकाल्ने !

अर्थ सरोकार

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार

PRIME CA

कर्मचारीलाई यातना दिने डेपुटी सीइओलाई बैंकले ‘सम्मान’ गर्ने, पीडीत भण्डारीका पक्षमा युनियनले विज्ञप्ति ननिकाल्ने !

काठमाडौँ । दोलखाको चरिकोट शाखाका शाखा प्रबन्धक कपिल भण्डारी बेहोस हुनेगरी यातना दिने नेपाल इन्भेष्टमेन्ट बैंकका डेपुटी सीइओ बिजेन्द्र सुवाललाई बैंकले सानदार सम्मान गरेर बिदाई गर्ने भएको छ । फेब्रुवरी २२मा कार्यकाल सकिन लागेका सुवाललाई बैंकले सानदार सम्मान गरेर बिदाई गर्ने भएको हो ।
भण्डारी प्रकरणमा मुछिएपछि उनी बिदामा बस्ने आंकलन धेरै कर्मचारीहरुको थियो । यसअघि पनि पटक पटक उनलाई मौखिक रुपमा सचेत गराएको भए पनि उनले कर्मचारीलाई गाली गलौज गर्ने लगायतका काम रोकेका थिएनन् । भण्डारीलाई बेहोस नै हुनेगरी यातना दिएपछि कर्मचारी युनियनका अधिकारीलेसमेत उनलाई नैतिक रुपमा पदमा बस्न नसुहाउने बताएका थिए । अर्थ सरोकारसँग कुराकानी गर्दै युनियनका अध्यक्ष शिवहरि भण्डारीले उनलाई पटक पटक सचेत गराउँदा पनि नसुध्रेका कारण अव कपिल भण्डारी अस्पताल नै भर्ना  भईसकेपछि सुवालले बैंक छोड्नुपर्ने बताएका थिए । उनले आफु बाहिर भएकाले काठमाडौँ आउनेबित्तिकै युनियनको बैठक बस्ने र बिज्ञप्ति पनि निकाल्ने बताएका थिए । घटना घटेकै दिनदेखि सुवाल सबैसँग सम्पर्कमा छैनन् । यतिसम्मकि बैंकका अन्य अधिकारी भण्डारीलाई भेट्न जाँदा उनी अस्पतालसमेत गएनन् ।
तर अहिले भने कर्मचारी युनियनका अध्यक्ष विज्ञप्ति ठुलो कुरा होइन भन्न थालेका छन् । अर्थ सरोकारसँगको कुराकानीमा समेत उनले विज्ञप्ति ठुलो कुरा नभएको बरु पीडीत भण्डारीलाई न्याय हुनेगरी युनियनको बैठकमा छलफल गरी निर्णय भएको बताएका छन् । यसअघि आफ्ना कर्मचारीले नदीमा हाम फालेको प्रकरणमा समेत बिज्ञप्ति निकालिएको र केहि दिन अघिसम्म पनि बिज्ञप्ति निकालेर सुवालको विरोध गर्ने भन्ने तयारी गरेको बताउने युनियनका अध्यक्षले अहिले विज्ञप्ति ठुलो कुरा होइन भन्नुले आन्तरिक रुपमा युनियन र सुवाल मिलेको आशंका स्वयम् पीडीत कपिल भण्डारीले गरेका छन् ।
‘बिजेन्द्र सुवाललाई सम्मान गरेर बिदाई गर्ने कुरा सुनेको छु ।’अर्थ सरोकारसँग कुराकानी गर्दै पीडीत भण्डारीले भने, ‘लामो समयको करियरमा किन दाग लगाउने भनेर सुवाललाई कुनै पनि कार्वाही नगर्ने त युनियनले पनि उनलाई नै साथ दिने हल्ला सुन्दा नमिठो अनुभव भएको छ ।’
हाल भण्डारी अस्पतालबाट डिस्चार्ज भएर आफन्तको कोठामा आराम गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: