×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाल इन्भेष्टमेन्ट मेगाका डेपुटी सीइओको ‘टर्चर’ले शाखा प्रमुख बेहोस’, अस्पताल भर्ना, ‘झण्डै मरेको थिएँ, अव बाँच्छु’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘नेपाल इन्भेष्टमेन्ट मेगाका डेपुटी सीइओको ‘टर्चर’ले शाखा प्रमुख बेहोस’, अस्पताल भर्ना, ‘झण्डै मरेको थिएँ, अव बाँच्छु’

६ माघ २०८०, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डेपुटी सीइओले दिएको मानसिक यातनाका कारण बैंकका शाखा प्रबन्धक बेहोस भई हाल अस्पताल भर्ना भएका छन् । बैंकका डेपुटी सीइओ बिजेन्द्र सुवालले अपशब्दसमेत प्रयोग गरी, गालीगलौच गरेर निरन्तर टर्चर दिएपछि बैंकको चरिकोट शाखाका प्रमुख कपिल भण्डारी बेहोस भई ढलेका हुन् । हाल उनको उपचार भईरहेको छ ।

बैंकका डेपुटी सीइओले अत्याधिक टर्चर दिएपछि बेहोस भएका उनलाई स्थानीय छोरोप्ला जनरल अस्पतालमा उपचार गराईएको थियो । त्यहाँ पूरा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि दोलखा बाहिर पठाइएको छ ।

‘मलाई डेपुटी सीइओले ‘तँ चोर, सा*, मु*’ लगायतका अपशब्द प्रयोग गरेर गाली गर्नुभयो । एकदुईपटक त ठिकै हो भनेर सहेँ, हदै भएपछि म बेहोस भएर ढलेछु ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै भण्डारीले भने, ‘बेहोस भएको थिएँ, होस खुल्दा अस्पतालमा रहेछु । अव बाँच्छु भन्ने आश छ ।’

तपाईंलाई गालीचाहिँ किन गरेको ? अर्थ सरोकारको प्रश्नमा भण्डारीले भने- ‘उहाँको बानी नै गाली मात्र गर्ने रहेछ । मधेशका साथीहरुलाई पनि ‘म**’ भनेर गाली गर्नुहुनेरहेछ । उहाँकै कारण धेरै कर्मचारीहरु पीडीत बनेको स्थिति छ । गाली गरेको कारणचाहिँ काम बढी गर्नुपर्यो भनेर रे । दिनरात खटिएकै छ, काम गरिएकै छ । घरपरिवार केहि नभनी काम गर्दा पनि उहाँलाई पुगेन रे । ऋणीले तिर्न नसकेको ऋण जसरी पनि उठाउनुपर्यो रे ।’

हाल उपचार गराईरहेका उनी आफ्नो स्वास्थमा केहि सुधार देखिएको बताउँछन् । डेपुटी सीइओकै टर्चरका कारण प्रेसर बढेको छ । कुनबेला के हुन्छ, थाहा छैन । बाँच्ने आशाचाहिं पलाएको छ ।’

यता बैंकका सूचना अधिकारीसमेत रहेका डेपुटी सीइओ सुवालले भने यस विषयमा प्रतिक्रिया नै दिन चाहेनन् । हामीले भण्डारीको स्वास्थ अवस्था र घटनाको बारेमा जानकारी लिन फोन गर्दा सुवालले फोन नै काटिदिए र आफुलाई एसएमएस लेख्न सन्देश पठाए । हामीले एसएमएसमार्फत घटनाबारे विवरण माग्दा पनि उनले कुनै प्रतिक्रिया दिएनन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: