×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकमा कर्मचारी ‘टर्चर’ प्रकरण -‘धन्न बाँचे कपिल, कुटाई खाने डरले डिसीइओ सुवाल भेट्न गएनन्, उपचार खर्च बैंकले व्यहोर्ने’

PRIME CA

बैंकमा कर्मचारी ‘टर्चर’ प्रकरण -‘धन्न बाँचे कपिल, कुटाई खाने डरले डिसीइओ सुवाल भेट्न गएनन्, उपचार खर्च बैंकले व्यहोर्ने’

अर्थ सरोकार

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार

काठमाडौँ । पुष ४ गते बिहीबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका चरिकोट शाखा प्रबन्धक कपिल भण्डारी कार्यालयकै काममा फिल्डमै थिए । त्यतिकैमा उनको फोनमा नयाँ नम्बरबाट फोन आयो । उनले फोन उठाएका मात्र के थिए, उताबाट एकोहोरो गाली आईरह्यो । ‘तँ चोर, फाटाहा, मु**’ लगायतका अनेक अपशब्द बोलेर फोनमा निरन्तर गाली आईरह्यो। र फोन गर्ने व्यक्ति थिए बैंकका डेपुटी सीइओ विजेन्द्र सुवाल ।

केहि समय त उनले सहे पनि । तर प्रेसरका बिरामी उनलाई सो गालीले प्रेसर बढाईरह्यो । बैंकका डेपुटी सीइओ निरन्तर व्यक्तिगत रुपमा गाली गलौजमा उत्रिएपछि उनलाई असह्य भईरहेको थियो । त्यसपछि के भयो, उनलाई नै थाहा छैन । आफ्नो होस् आउँदा उनी अस्पतालको बेडमा थिए ।
‘रिकभरीका लागि फिल्डमै थिएँ । एकासी नयाँ नम्बरबाट फोन आएपछि उठाएँ । फोनमा निरन्तर गालीमात्र सुनियो । बैंकका डेपुटी सीइओ बिजेन्द्र सुवाल सरले एकोहोरो मनपरी बोलिरहनुभयो । त्यसपछि प्रेसर बढेपछि म बेहोस भएछु ।’ अस्पताल भेट्न गएका अर्थ सरोकारकर्मीसँग भण्डारीले भने- ‘धन्न मसँग बैंकका अर्का एक साथी पनि हुनुहुन्थ्यो । उहाँले अस्पताल पुर्याउनुभएछ । होस आउँदा म अस्पतालमा थिएँ ।’
भण्डारी तत्कालिन कालिञ्चोक डेभलपमेन्ट बैंकका डेपुटी सीइओ थिए । तत्कालीन टुरिजम डेभलपमेन्ट बैंकमा कालिञ्चोक मर्ज भएपछि उनी टुरिजमका कर्मचारी बने । पछि टुरिजम मेगामा गाभियो । त्यसपछि उनी मेगाका कर्मचारी बने । फेरी मेगा र तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक मिलेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेपछि उनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका चरिकोट शाखा प्रमुख बनेका थिए । सार्है राम्रो काम गर्ने कर्मचारीका रुपमा परिचित भण्डारीलाई बैंकले रिकभरीमा अपेक्षित काम नभएको भन्दै टर्चर यसअघि पनि दिँदै आएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकका सुवालले मेगाबाट आएका अन्य कर्मचारीलाई जस्तै भण्डारीलाई पनि पेल्ने गरेको तत्कालीन मेगाबाट आएका कर्मचारीहरुको गुनासो छ ।
‘भगवानजस्ता सीइओ छन्, डेपुटी सीइओ राक्षसजस्ता भए, निकाल्नुपर्छ’ : कर्मचारी 
भण्डारीलाई दोलखाको स्थानीय छोरोल्पा जनरल अस्पतालमा उपचार गराईएको थियो । त्यहाँ उनको उपचार पूरा नहुने भएपछि र घटनाबारे जानकारी दिन आवश्यक पनि ठानेपछि बैंकका कर्मचारीले हेडअफिसमा घटनाबारे जानकारी दिए । घटनाबारे जानकारी पाएलगत्तै बैंकका सीइओ ज्योति पाण्डेले उनलाई तत्काल काठमाडौँ ल्याएर उपचार गर्न निर्देशन दिए ।
‘घटनाबारे जानकारी पाउनेबित्तिकै सीइओ ज्योति पाण्डे सरले भण्डारी सरलाई काठमाडौँ ल्याएर उपचार गर्न निर्देशन दिनुभयो ।’ बैंकका एचआर प्रमुख राजेन्द्र सुवेदीले अर्थ सरोकारसँग भने- ‘त्यसपछि भण्डारी सरलाई काठमाडौँ नै ल्याएर उपचार गर्नेगरी व्यवस्था गरिएको छ ।’
एचआर प्रमुख सुवेदीका अनुसार उनको उपचारमा लाग्ने सबै खर्च बैंक स्वयमले व्यहोर्नेछ भने उनका आफन्त तथा दोलखाबाट आएका बैंकका कर्मचारीहरुलाई पनि बस्ने व्यवस्था बैंकले नै गरिदिएको छ ।
‘उपचार खर्च कसले व्यहोर्छ ?’ अर्थ सरोकारको प्रश्नमा एचआर प्रमुख सुवेदीले भने -‘सबै बैंकले नै व्यहोर्छ । यसमा कसैले चिन्ता लिनुपर्दैन ।’
यता अस्पताल पुगेका केहि कर्मचारीहरुले डेपुटी सीइओसँग आक्रोशसमेत पोखे । ‘हाम्रा सीइओ भगवानजस्ता छन् । डेपुटी सीइओ राक्षस जस्ता भए । यस्ता डेपुटी सीइओलाई निकाल्नुपर्छ ।’ अस्पतालमा भेटिएका बैंकका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘सीइओ सरले सबै उपचार खर्च बैंकले व्यहोर्छ नभनेको भए स्थिति झन् जटिल हुने थियो । अव डेपुटी सीइओ सुवाललाई बर्खास्त गर्नुपर्छ । सीइओ सरले प्रक्रिया अनुसार सबै हुन्छ भन्नुभएको छ ।’
बैंकमा भण्डारीलाई भेट्नेको भीड, कुटाई खाने डरले पुगेनन् सुवाल 
बैंकमा यतिबेला भण्डारीलाई भेट्नेको भीड छ । विभिन्न समयमा उनीसँग काम गरेकाहरु अहिले उनलाई भेट्न गईरहेका छन् । बैंकका एचआर प्रमुख सुवेदीले पनि उनलाई भेटी स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । बैंकका डेपुटी सीइओ महेश शर्मा ढकालले पनि अस्पताल पुगेर भण्डारीको स्वास्थ अवस्थाबारे जनकारी लिएका छन् । तर यति हुँदा पनि सुवाल भने भण्डारीलाई भेट्न गएका छैनन् । ‘भेट्न आए भने पनि सुवाल सरलाई त च्याप समातेर पिट्नुपर्छ ।’ अस्पताल पुगेका केहि कर्मचारीहरु आक्रोशित हुँदै भन्दै थिए ।
घटनापछि सुवाल अर्धभूमिगतजस्तै छन् । उनले नयाँ नम्बरबाट आउने कुनै पनि फोन उठाएका छैनन् भने एसएएसको रिप्लाई गरेका छैनन् । उनलाई बैंकबाट बर्खास्त गर्न यतिबेला कर्मचारीहरुले चर्को माग गरिरहेका छन् भने उनलाई पनि राजिनामा गराउन लगाउने वा नलगाउने भन्ने विषयमा भोलि बैंकमा बैठक हुन लागेको बुझिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: