×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्ती क्युआरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा उपलब्ध

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

खल्ती क्युआरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा उपलब्ध

Artha Sarokar

१७ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। नेपाल-भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा अब कार्यन्वयनमा आउने भएको छ । यस सँगै खल्तीले फोनपेसँगको सहकार्यमा भारतिय पर्यटकले आफ्नो डिजिटल वालेट प्रयोग गरी नेपाली बजारमा रहेका दुई हजारभन्दा बढि खल्ती क्युआरमा आवद्ध मर्चेन्टहरूलाई डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।

खल्तीले, नेपालको भुक्तानी नेटवर्क फोनपे पेमेन्ट्स सर्भिस लिमिटेड र भारतको नेशनल पेमेन्ट कर्पोरेशन एनपीसीआइ इन्टरनेशनल पेमेन्ट्स लिमिटेडसँगको सहकार्यमा, दुई देश (नेपाल-भारत)बीच मोबाइल वालेटको क्यूआर मार्फत भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो ।

खल्तीको यस सुविधा अन्तर्गत भारतिय पर्यटकले अब Phone Pe, BHIM UPI जस्ता एनपीसीआइ अन्तर्गत पर्ने वालेट प्रयोग गरी नेपाली बजारमा कुनै पनि फोनपे अन्तर्गत रहेको खल्ती क्युआर स्क्यान गर्दै नेपाली बजारमा रहेका मर्चेन्ट व्यवसायीहरुलाई डिजिटल भुक्तानी गर्न सक्नेछन् । भारतिय वालेटबाटै भुक्तानी हुने हुदाँ पर्यटकहरूले सटही  र कार्डको झनझटबाट बाट मुक्त भई यो सुविधाको लाभ उठाउन सक्नेछन् ।

नेपाली साना तथा मझौला मर्चेन्ट व्यवसायीहरुले सजिलै खल्ती क्यूआर मार्फत भारतिय पर्यटकहरूबाट भुक्तानी लिन सक्नेछन् र आफ्नो व्यवसायको आर्थिक पाटोलाई थप सुदृण गर्न सक्नेछन्।

खल्तीले अन्तरदेशीय डिजिटल भुक्तानीको सेवा उपलब्ध गराउन आवश्यक पर्ने आफ्नो सम्पूर्ण पूर्वाधार निर्माण गरिसकेको छ । यो सुविधा तुरुन्तै संचालनमा ल्याउने र आफू सँग जोडिएका सम्पूर्ण मर्चेन्ट व्यवसायीहरूलाई यस सेवाबारे थप तथा अतिरिक्त जानकारी प्रदान गर्ने कुरा खल्तीले बताएको छ ।

साथै, अबको केहि दिनमा नै नेपाली नागरिकले खल्ती वालेटबाट भारतिय बजारमा क्युआर स्क्यान गरी भुक्तानी गर्न व्यवस्था ल्याउने कुरा खल्तीले बताएको छ । यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ‘आफूसँग आवद्ध मर्चेन्ट व्यवसायीहरूलाई देशमै यसरी पहिलो पल्ट अन्तरदेशीय डिजिटल भुक्तानी सेवा प्रदान गर्ने वालेटको रूपमा काम गर्न पाउँदा हामी निकै नै हर्षित छौँ। सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उदेश्यका साथ अगाडी बढि रहेको खल्तीले आफ्ना २० हजार भन्दा बढि मर्चेन्ट व्यवसायीहरूलाई यस सुविधा प्रदान गर्न पाउँदा यस चरणलाई कोशेढुंगाको रूपमा लिएको छ । नेपाल-भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधाले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउदै समृद्धि र विकासलाई बढावा दिने कुरामा हामी बिश्वस्त छौँ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी