×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टार्गेटमा लघुवित्तका कर्मचारी, माओवादी कार्यकर्ताले ब्रान्च मेनेजरलाई दलिदिए अलकत्रा, दुई पक्राउ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

टार्गेटमा लघुवित्तका कर्मचारी, माओवादी कार्यकर्ताले ब्रान्च मेनेजरलाई दलिदिए अलकत्रा, दुई पक्राउ !

Artha Sarokar

२५ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लघुवित्तका कर्मचारीहरु पुन: टार्गेटमा पर्न थालेका छन् । लघुवित्तले गरिबहरुलाई झन् शोषण गरिरहेको भन्दै मनिराम ज्ञवाली नेतृत्वको टिम, दुर्गा प्रसाईंको अभियान लाग्दै गर्दा बिद्या नेतृत्वको क्रान्त्रिकारी माओवादीकाले पनि लघुवित्तका कर्मचारीहरुलाई कालो मोसो दल्न थालेका छन् ।

यसैबीचलघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई मोसो दल्ने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका दुई कार्यकर्ता पक्राउ परेका छन् । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका गुर्भाकोट शाखा प्रमुख दिपेन्द्र कट्टेललाई कालो मोसो दल्ने सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का २० वर्षीय विष्णुहरि घर्ती र मुगुको सोरु गाउँपालिका–८ का रामबहादुर विक पक्राउ परेका हुन्।

लघुवित्तका कर्मचारीले प्रहरीमा दिएको उजुरी अनुसार केही कुरा सोधपुछ गर्नु छ भन्दै ती कार्यकर्ताहरु कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरेका थिए । निस्कने क्रममा उनीहरुले उपहार दिनु छ भन्दै एसिड र अलकत्रा निकालेर अनुहार र शरीरमा लगाईदिएका थिए ।  लघुवित्तले प्रहरीमा दिएको उजुरीमा एसिड प्रहार गरेर ज्यान मार्ने किसिमले शाखा प्रबन्धकमाथि आक्रमण भएको उल्लेख छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी