काठमाडौँ । लघुवित्तका कर्मचारीहरु पुन: टार्गेटमा पर्न थालेका छन् । लघुवित्तले गरिबहरुलाई झन् शोषण गरिरहेको भन्दै मनिराम ज्ञवाली नेतृत्वको टिम, दुर्गा प्रसाईंको अभियान लाग्दै गर्दा बिद्या नेतृत्वको क्रान्त्रिकारी माओवादीकाले पनि लघुवित्तका कर्मचारीहरुलाई कालो मोसो दल्न थालेका छन् ।
यसैबीचलघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई मोसो दल्ने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका दुई कार्यकर्ता पक्राउ परेका छन् । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका गुर्भाकोट शाखा प्रमुख दिपेन्द्र कट्टेललाई कालो मोसो दल्ने सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का २० वर्षीय विष्णुहरि घर्ती र मुगुको सोरु गाउँपालिका–८ का रामबहादुर विक पक्राउ परेका हुन्।
लघुवित्तका कर्मचारीले प्रहरीमा दिएको उजुरी अनुसार केही कुरा सोधपुछ गर्नु छ भन्दै ती कार्यकर्ताहरु कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरेका थिए । निस्कने क्रममा उनीहरुले उपहार दिनु छ भन्दै एसिड र अलकत्रा निकालेर अनुहार र शरीरमा लगाईदिएका थिए । लघुवित्तले प्रहरीमा दिएको उजुरीमा एसिड प्रहार गरेर ज्यान मार्ने किसिमले शाखा प्रबन्धकमाथि आक्रमण भएको उल्लेख छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्