×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लघुवित्तमा ऋणीहरुको संख्या ८.३३ प्रतिशतले घट्यो, ऋण नतिर्नेहरु बढेपछि निष्क्रिय कर्जा ह्वात्तै बढ्यो 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लघुवित्तमा ऋणीहरुको संख्या ८.३३ प्रतिशतले घट्यो, ऋण नतिर्नेहरु बढेपछि निष्क्रिय कर्जा ह्वात्तै बढ्यो 

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लघुवित्त वित्तीय संस्थामा ऋणीहरुको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्था सुपरीवेक्षण विभागले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको रिपोर्ट अनुसार देशभर लघुवित्त वित्तीय संस्थाहरुमा ऋणीको संख्या ८.३३ प्रतिशतले घटेको हो । 

राष्ट्र बैंकका अनुसार यसअवधिमा लघुवित्त ऋणीको संख्यासँगै लघुवित्तको संख्या पनि घटेको छ । २०७९ पुषसम्म देशभर ६४ वटा लघुवित्त वित्तीय संस्था रहेकोमा हाल ५७ वटा मात्रै रहेका छन् । 

समीक्षा अवधिमा लघुवित्तमा ऋणीसँगै सदस्य संख्या पनि घटेको छ । यसअवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या ०.२२ प्रतिशतले घटेर ६० लाख ३ हजार पुगेको छ । हाल देशभर लघुवित्त वित्तीय संस्थाहरुमा २७ लाख ३६ हजार ऋणीहरु रहेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा ८.३३ प्रतिशत कम हो । 

त्यस्तै, पुष मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जामा वृद्धि भएको राष्ट्र बैंकको रिपोर्टले देखाएको छ । राष्ट्र बैंकका अनुसार यसअवधिमा लघुवित्तहरुको निष्क्रिय कर्जा २८ अर्ब ८९ करोड अर्थात ७.४९ प्रतिशत रहेको छ । यसअघि असार मसान्तसम्म लघुवित्तहरुको निष्क्रिय कर्जा ५.५२ प्रतिशत रहेको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: