×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ५.९१ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुधबार ५.९१ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

२ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड १७ लाख ६४ हजार ८ सय ८० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा बोटलर्स नेपाल बालाजु, पाँचथर पावर, समाज लघुवित्त वित्तीय संस्था, जोशी हाइड्रोपावर र श्री इन्भेस्टमेन्टका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड १७ लाख ६४ हजार ८ सय ८० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा गुर्खाज फाइनान्स, प्राइम कमर्सियल बैंक प्रमोटर सेयर, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स र सगरमाथा जल विद्युतमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । पिपुल्स पावरमा यस्तो गिरावट आउँदा एनआइसी एशिया ब्यालेन्स फण्ड, दोर्दी खोला जल विद्युत, कुथेलि बुखरी स्माल हाइड्रोपावर र गुराँस लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी