काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २ सय ६४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ८५ लाख ७६ हजार २ सय ६७ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा समाज लघुवित्त वित्तीय संस्था, छ्याँग्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, बलेफी हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ८५ लाख ७६ हजार २ सय ६७ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सगरमाथा जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर, एनआइसी एशिया बैंक, हिमालयन उर्जा विकास र ङ्गादि ग्रुप पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा मैलुङ्ग खोला जल विद्युतका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । मैलुङ्ग खोला जल विद्युतमा यस्तो गिरावट आउँदा प्रोग्रेशिभ फाइनान्स, महुली लघुवित्त, रिभर फल्स पावर र हिमालयन पावर पार्टनरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्