×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माल्टा पठाईदिन्छु भन्दै १४ लाख ठग्ने मेनपावर संचालक पक्राउ

अर्थ सरोकार

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार

PRIME CA

माल्टा पठाईदिन्छु भन्दै १४ लाख ठग्ने मेनपावर संचालक पक्राउ

काठमाडौं । माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा पाथिभारा एचआर प्रालिका संचालक ३४ वर्षीय गोमा गिरी छेत्री रहेकी छिन् ।

उनले राज कुमार थापालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु, त्यसको लागि १४ लाग्छ र माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु एक लाख ५० हजार तलब हुन्छ भन्दै विश्वास दिलाई प्रलोभनमा पारेर १४ लाख रुपैयाँ ठगी गरेकी हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले फागुन १४ गते सुकेधाराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि बैदेशिक रोजगार बिभाग पठाईएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: