×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रारामा हिमपात, नीलो आकाश मुनि रमाउँदै पर्यटक (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

रारामा हिमपात, नीलो आकाश मुनि रमाउँदै पर्यटक (फोटो-कथा)

२८ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । रारा तालको किनार हिमपातले सेताम्ये भएर टल्किएको छ । रारामा हिमपात भएसँगै रारा घुम्ने र हिउँमा रमाउने पर्यटक बढेका छन् । 

माघ दोस्रो सातातिर भएको हिमपातपछि अहिले मौसममा सुधार आएको छ । खुला आकासमुनि नीलो राराको किनारमा जमेको हिउँको पृष्ठभूमिमा विभिन्न कोणबाट ताल र हिमालका दृश्य हेर्न पर्यटक आइरहेका छन् । रारामा हिउँमा रमाउँदै भिडियो र फोटो खिच्दै रमाउनेमा आन्तरिक पर्यटकहरु छन् । 

हिउँदमा रारामा पर्यटक आगमन घट्ने गरेको थियो । यसपटक अघिल्ला वर्ष जसरी अत्यधिक हिमपात नहुँदा पर्यटकलाई आउजाउमा धेरै गाह्रो छैन । त्यसैले पनि रारा पुग्नेले जाडोको फिक्री गरेका छैनन् । समुद्र सतहबाट २९ सय ७२ मिटरको उचाइमा अवस्थित रारातालको अधिकतम लम्बाइ ५ किलोमिटर र चौडाइ ३.२ किलोमिटर छ । रारा राष्ट्रिय निकुञ्जको १ सय ६ वर्ग किलोमिटरले यसको सुन्दरतालाई जोगाइराखेको छ । 

हिउँमा रमाउनका लागि मुगुकै विभिन्न स्थानबाट पनि युवाहरु पुगिरहेका छन् । सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरु, खत्याडमा रहेका दर्जनौं बस्तीबाट युवायुवती रारा जाने गरेका छन् । छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०/६० जना आउने गरेका छन् । हिउँ नै परेको दिन खेल्न रारा धेरै आन्तरिक पर्यटक आएको निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: