काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज गरेको छ । तोकिएको प्रावधानअनुसार नवीकरण नगरेपछि नियामक राष्ट्र बैंकले मुद्रा सटहीका लागि लाइसेन्स प्राप्त पाँच कम्पनीको लाईसेन्स रद्द गरेको हो ।
राष्ट्र बैंकद्वारा लाइसेन्स खारेज हुनेमा काठमाडौँको फेयर मनि एक्सचेञ्ज प्रालि, कैलाश मनि एक्सचेञ्ज प्रालि, रुट नेपाल मनि एक्सचेञ्ज प्रालि, भक्तपुरको न्यातपोल मनि एक्सचेञ्ज प्रालि र रसुवाको ग्रेस मनि एक्सचेञ्ज प्रालि रहेका छन् । राष्ट्र बैंकले सार्वजनिक सूचना नै जारी गरेर यी कम्पनीहरुको लाइसेन्स रद्द भएको जानकारी गराएको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार यी कम्पनीहरुको लाइसेन्स मनि चेञ्जर इजाजत पत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम १९ को उप–विनियम (३) बमोजिम रद्द गरिएको हो छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्