×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चम्सुर र पालुंगोको मूल्य घट्यो, शुक्रबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

PRIME CA
GLOBAL IME BANK

चम्सुर र पालुंगोको मूल्य घट्यो, शुक्रबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

११ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज चम्सुर र पालुंगोको सागको मूल्य घटेको छ । चम्सुर र पालुंगोको मूल्य २५ मूल्यले घटेर प्रतिकेजी न्युनतम ३५ रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) २५, लोकल सानो गोलभेडा २० रुपैयाँ, भारतीय सानो गोलभेडा १५ रुपैयाँ, तराईको सानो गोलभेडा २४ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३२ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, बन्दा (तराई) २५ , स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ३५ रुपैयाँ, काउली तराई २० रुपैयाँ, रातो मुला ३५ रुपैयाँ, सेतो मुला लोकल २५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ४०, मटरकोशा ११० रुपैयाँ, लोकल घ्यु सिमि १३०, घ्यु सिमि हाइब्रिड १३०, घ्यु सिमि राजमा १००, टाटे सिमि ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १२०, लौका ५०, परवर (तराई) २८०, घिरौला १३०, फर्सी पाकेको ५०, हरियो फर्सी (लाम्चो) ६०, हरियो फर्सी (डल्लो) ६०, सलगम ७०, भिण्डी १००, सखरखण्ड ६०, बरेला ५०, पिडालु ८०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ३५ रुपैयाँ, चम्सुरको साग ३५ रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ३५ रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ७०, बकुला ७०, तरुल ७०, कन्य च्याउ १२०, डल्ले च्याउ ३००, कुरिलो १५००, ब्रोकाउली ४०, चुकन्दर ६०, सजीवन १४०, रातो बन्दा ५०, जिरीको साग ७०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले २२०, सौफको साग ३५, पुदिना २२०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, हरियो खुर्सानी ९०, सुकेको खुर्सानी ४२०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ८०, अकबरे खुर्सानी २५०, भेडे खुर्सानी ११०, हरियो लसुन १००, हरियो धनिया ४०, चाइनिज सुकेको लसुन ३००, छ्यापी सुकेको २००, छ्यापी हरियो १००, रुख टमाटर १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २५०, अनार २८०, हरियो अंगुर १२०, कालो अंगुर १८०, नेपाली सुन्तला १५०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ६०, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १५०, हाइब्रिड काक्रो ६०, रुख कटहर ११०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ७०, अम्बा १५०, लप्सी ११०, किनु ९०, किवी ४००, अभोकाडो ४००, अमला ८० र स्ट्रबेरी २५० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: