काठमाडौँ । अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करले यसपालीको बजेट निर्माणको प्रक्रिया पूरै परिवर्तन भएको बताएका छन् । आइतबार सिहंदरबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले अघिल्ला वर्षको बजेट निर्माणमा सम्बन्धित मन्त्रालयबाट परियोजना नै नआइ शक्तिको आधारमा बनाइने प्रबृत्ति रहेको भन्दै यस वर्षबाट त्यो प्रवृत्ति अन्त्य गरेको दावी गरेका हुन् ।
‘बजेट निर्माणको प्रक्रियामा यसपालीदेखि पूरै परिवर्तन भएको अवस्था छ । पहिला अर्थमन्त्रालयबाट पनि बिभिन्न खालको सोर्स फोर्समा शक्तिको आधारमा सम्बन्धित मन्त्रालयबाट प्रोजेक्ट नै नआइ, प्राविधिक प्रक्रिया पूरा नभइ आउने फाइलहरु यसपालीबाट पूरै बन्द भएको छ ।’, उनले भने, ‘जुनसुकै योजना वा परियोजना यसपाली दर्ता गर्ने हो भने त्यसको लागि प्राविधिक पक्ष पूरा गरेर सम्बन्धित मन्त्रालयबाट आउनुपर्छ ।’
बजेटका लागि आउने प्रस्तावका लागि आफ्नै प्रक्रिया रहेको उल्लेख गर्दै उनले भने, ‘योजना आयोगमामार्फत अर्थात सम्बन्धित मन्त्रालयलाई योजना आयोगले दिएको सिलिङभित्र रहेर नै काम गर्नुपर्ने कामहरुमा भने विकृति हुँदैन् ।’ त्यस्तै, उनले संघीयता आएको यत्तिको वर्ष भइसक्दा पनि बन्नुपर्ने संयन्त्रहरु अहिलेसम्म पनि बन्न नसकेको गुनासो गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्